
नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डा (आईजीआई)-मा कस्टम्स विभागले मादक पदार्थ तस्करी गर्ने प्रयासको भण्डाफोर गरेको छ। कस्टम्स अधिकारीहरूले ब्यांककबाट दिल्ली आएका दुई भारतीय पुरूष यात्रीहरूबाट 8.77 किलोग्राम गाँजा (मारिजुआना) जफत गरेका छन् जसको अन्तरराष्ट्रिय बजारमा अनुमानित मूल्य लगभग 8.77 कड़ोर रुपियाँ रहेको बताइएको छ।
कस्टम्स अधिकारीहरू अनुसार गत 13 जनवरीमा ब्यांकबाट आएको विमान संख्या- टीजी-315 मार्फत आएका यात्रीहरूलाई 14 जनवरीको दिन टर्मिनल-3 को अन्तरराष्ट्रिय आगमन क्षेत्रस्थित ग्रीन च्यानलमा स्पोट प्रोफाइलिंगको आधारमा रोकियो। शंका लागेपछि यात्रीहरूको निजी सामान अनि ट्रली ब्यागलाई एक्स-रे जाँचको लागि पठाइयो। जाँचमा गहिरो नीलो रंगको एउटा ट्रलीबाट 9 वटा पोलिथिन पाउच जफत गरियो जसमा हरियो रंगको मादक पदार्थ भरिएको थियो। प्रारम्भिक जाँच अनि डायग्नोस्टिक टेस्टमा यो पदार्थ गाँजा रहेको पाइयो। जफत गरिएको गाँजाको शुद्ध वजन 8,771.5 ग्राम दर्ता गरिएको छ।
कस्टम्स विभागले एनडीपीएस अधिनियम, 1985 को धारा 43(ए) अन्तर्गत मादक पदार्थ औ प्याकेजिंग सामग्रीलाई जफत गरेको छ भने दुवै आरोपीलाई एनडीपीएस एक्टको धारा 43(बी) अन्तर्गत पक्राउ गरिएको छ।
अधिकारीहरूले बताए, जाँचमा यो स्पष्ट भएको छ कि आरोपीहरूले एनडीपीएस अधिनियमको धारा 8को उल्लंघन गरेका छन् जुन धारा 20, 23 र 29 अन्तर्गत दण्डनीय अपराध हो। कस्टम्स विभागले भन्यो, यस मामिलामा अन्तरराष्ट्रिय ड्रग तस्करीसित सम्बन्धित सम्भावित नेटवर्कको पनि गहन जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा