आतिशीको टिप्पणीमाथि जाँच रिपोर्ट वैध, सदनबाट निलम्बन गर्ने माग: वीरेन्द्र सचदेवा
आतिशीको टिप्पणीमाथि जाँच रिपोर्ट वैध, सदनबाट निलम्बन गर्ने माग: वीरेन्द्र सचदेवा


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले शनिवार भने, विधानसभाको सदनमा आतिशीको टिप्पणीमाथि गरिएको जाँचको रिपोर्टलाई वैध पाइएको छ। उनले सदनबाट आतिशीलाई निलम्बन गर्ने माग समेत गरेका छन्।

भाजपा, दिल्ली प्रदेश अध्यक्ष सचदेवाले आज प्रदेश कार्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा भने, दिल्ली विधानसभाको गत 6 जनवरीको कार्यवाहीसित सम्बन्धित मूल रेकर्डिंगको फोरेन्सिक जाँचमाथि आधारित रिपोर्ट पूर्ण रूपले वैधानिक छ र यसमाथि कुनै पनि प्रकारको सन्देश गर्ने प्रश्नै उठ्दैन। उनले दाबी गरे, रिपोर्टबाट आम आदमी पार्टी (आआपा)- की नेता औ दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशी मार्लेनाद्वारा सिख गुरू साहिबानमाथि गरिएको कथित अभद्र टिप्पणीको अपराध स्थापित हुन्छ।

सचदेवाले “आआपा” नेता सौरभ भारद्वाजको त्यस बयानको कड़ा निन्दा गरे जसमा हिन्दू-सिख दंगाको प्रपञ्च रचेको कुरा गरिएको थियो। उनले उक्त टिप्पणीलाई “अत्यन्त खतरनाक” बताउँदै आरोप लगाए, राजनीतिक लाभको लागि सामाजिक सौहार्द बिगार्ने प्रयास गरिँदैछ। उनले अझ भने, विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताको प्रस्तुत जाँच रिपोर्ट विधानसभाको मूल रेकर्डिंगको जाँचमाथि आधारित छ। त्यसैले यसको वैधानिकतामाथि प्रश्न उठ्नु निराधार छ। उनले यो पनि भने, अमृतसरमा शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटी (एसजीपीसी)-ले पनि आतिशी मार्लेनाविरूद्ध प्रस्ताव पारित गरी कारबाही गर्ने घोषणा गरेको छ जसकारण दिल्ली, पञ्जाब सहित देशभरिकै सिख समाजमा रोष व्याप्त भएको छ।

सचदेवाले प्रश्न उठाए, गत 7 जनवरीको बिहानदेखि नै आतिशी सार्वजनिक रूपमा बाहिर किन आइनन् र उनले अहिलेसम्म आफ्नो कथित अपराधको निम्ति माफी किन मागिनन्? उनले दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि पनि आरोप लगाउँदै भने, यस सम्पूर्ण मामिलाको जवाफदेहीदेखि केजरीवाल बचिरहेका छन्। उनले माग गरे, विधानसभा अध्यक्षले आतिशीविरूद्ध संवैधानिक तथा कानूनी कारबाही गरुन् अनि उनलाई सदनबाट निलम्बन गरियोस्।

भाजपा मीडिया प्रमुख प्रवीण शंकर कपूरले भने, आम आदमी पार्टीको राजनीति झुटो र भ्रममाथि आधारित रहिआएको छ जसले आफ्नो नेताको कथित अपराधलाई लुकाउनको लागि भ्रामक बयान दिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande