लोकतन्त्रको हत्यालाई सहन गरिनेछैनः पूर्व मुख्यमन्त्री अशोक गहलोत
लोकतन्त्रको हत्यालाई सहन गरिनेछैनः पूर्व मुख्यमन्त्री अशोक गहलोत


जयपुर, 17 जनवरी (हि.स.)। पूर्व मुख्यमन्त्री अशोक गहलोतले रामगढ़ (अलवर) विधानसभा क्षेत्रसित सम्बन्धित एक मामिलालाई लिएर भाजपा तथा प्रशासनमाथि गम्भीर आरोप लगाएका छन्। गहलोतले सोशल मीडियामा बयान जारी गर्दै भने, प्रदेशमा लोकतन्त्रको जुन स्तरमा चीरहरण भइरहेको छ, रामगढ़को यो प्रकरण त्यसको प्रत्यक्ष प्रमाण हो।

गहलोतले आरोप लगाए, एकै दिनमा भाजपाका बूथ लेभल एजेन्ट (बीएलए)-को नाममा 1383 नक्कली आपत्तिहरू दर्ता गरियो भने सम्बन्धित बीएलए स्वयंले यी आपत्तिहरूमा गरिएको हस्ताक्षरलाई अस्वीकार गरिरहेका छन्। उनले यसलाई “भोट चोरी” मात्र नभएर कुटरचित दस्तावेजको माध्यमबाट जनादेशमा डकेटी गर्ने सुनियोजित षड़यन्त्र बताए।

पूर्व मुख्यमन्त्रीले भने, सारा राज्यभरि नै यस किसिमको प्रयास गरिए पनि कतिपय स्थानहरूमा यसको भण्डाफोर भएको छ। उनले प्रशासन र निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाउँदै भने, यो मामिला अत्यन्त गम्भीर छ र यसको जिम्मेवारी राज्यका मुख्य निर्वाचन आयुक्तको हो।

गहलोतले माग गरे, यस कथित जालझेलमा सामेल मानिसहरूसँगसँगै मूकदर्शक अधिकारीहरूविरूद्ध पनि तत्काल आपराधिक प्रकरण दर्ता गरी कड़ा कानूनी कारबाही गरियोस्। साथै उनले जिल्ला निर्वाचन अधिकारीको रूपमा कार्यरत जिल्ला मेजिस्ट्रेट र ईआरओको रूपमा काम गरिरहेका एसडीएमसित कुनै पनि दबावमा नपर्ने तथा सम्पूर्ण प्रक्रियाको पवित्रतालाई काम राख्दै निष्पक्ष अनि इमानदारी पूर्वक कार्य गर्ने अपील गरे।

गहलोतले चेताउनी दिँदै भने, जनताले सबै हेरिरहेका छन्। लोकतन्त्रको हत्यालाई कुनै पनि स्थितिमा सहन गरिनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande