दिल्लीको आईजीआई एयरपोर्टमा 2.16 किलो सुन जफत, म्यान्मारका तीन नागरिक पक्राउ
दिल्लीको आईजीआई एयरपोर्टमा 2.16 किलो सुन जफत, म्यान्मारका तीन नागरिक पक्राउ


नयाँ दिल्ली, 17 जनवरी (हि.स.)। दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डा (आईजीआई)-मा कस्टम्स विभागले सुन तस्करी गर्ने ठूलो प्रयासलाई असफल बनाउँदै 2.16 किलोग्राम सुन जफत गरेको छ। जफत गरिएको सुनको अनुमानित मूल्य अन्तरराष्ट्रिय बजारमा लगभग 2.90 कड़ोर रुपियाँ रहेको छ। यस मामिलामा म्यान्मारका तीन जना पुरूष नागरिकहरूलाई पक्राउ गरिएको छ।

कस्टम्स अधिकारीहरू अनुसार गत 14 जनवरीको दिन प्रिभेन्टिभ शिफ्ट ‘डी’ अवधि यांगुन (म्यान्मार)-बाट दिल्ली आएको फ्लाइट संख्या 8एम-620 मा सवार तीन जना यात्रीहरूलाई टर्मिनल-3 को अन्तरराष्ट्रिय आगमन हलमा ग्रीन च्यानल पार गर्दै गर्दा शंका लागेर रोकियो। त्यसपछि यात्रीहरूको व्यक्तिगत जाँच तथा उनीहरूको सामानहरूको गहन जाँच शुरू गरियो जसमा उनीहरूबाट 13 वटा सुनको रड भेटियो जसको वजन 2,158 ग्राम रहेको छ। सबै सुनको ट्यारिफ मूल्य 2,89,81,530 रुपियाँ रहेको अनुमान लगाइएको छ।

कस्टम्स विभागले उक्त सुनलाई सीमा शुल्क अधिनियम, 1962 को धारा 110 अन्तर्गत सीज गरिदिएको छ भने तीनै आरोपीहरूलाई धारा 104 अन्तर्गत पक्राउ गरिएको छ।

अधिकारीहरूले बताए, तस्करीको नेटवर्कसित सम्बन्धित सबै पक्षहरूको जाँच गरिँदैछ। कस्टम विभागले स्पष्ट पारेको छ, हवाईअड्डामा तस्करीलाई रोक्नको लागि निगरानी तथा कड़ाई आगामी दिनमा पनि जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande