भारत-बंगलादेश सीमाको निश्चिन्तपुरमा रहस्यमय परिस्थितिमा युवकको शव
भारत-बंगलादेश सीमाको निश्चिन्तपुरमा रहस्यमय परिस्थितिमा युवकको शव


सिलचर (असम), 17 जनवरी (हि.स.)। काछार जिल्लाको काटीगोढ़ामा भारत–बंगलादेश सीमा क्षेत्रको निश्चिन्तपुरमा एक सनसनीपूर्ण घटना सामु आएको छ। स्थानीय एकजना युवकको शव खेतमा रहस्यमय परिस्थितिमा भेटियो। मृत युवकको पहिचान स्थानीय निवासी जमरुल इस्लामको रूपमा भएको छ।

आज बिहान खेतमा शवलाई देखिएपछि क्षेत्रमा खैलाबैला मचियो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि सिलचर मेडिकल कलेज एण्ड अस्पतालमा पाइदियो।

परिवार अनुसार युवक राती आफ्ना दुईजना साथीहरूसित मेघालयबाट घर फर्किरहेका थिए। तर घरमा आइपुगेनन्। यसबाट परिवार चिन्तित भयो। बिहान युवकको रहस्यमय परिस्थितिमा शव भेटियो।

परिवारले आरोप लगाएको छ, युवकको योजनाबद्ध ढंगमा हत्या गरिएको हो। यस मामिलामा संलिप्त रहेको आशंकामा पुलिसले मृत युवकको साथी इस्लाम उद्दीनलाई हिरासता लिएर जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande