दिल्लीमा मजलिस पार्क मेट्रो स्टेशन नजिक डीएमआरसीको फ्ल्याटमा आगलागी, पति–पत्नी र छोरीको मृत्यु
दिल्लीमा मजलिस पार्क मेट्रो स्टेशन नजिक डीएमआरसीको फ्ल्याटमा आगलागी, पति–पत्नी र छोरीको मृत्यु


नयाँ दिल्ली, ०६ जनवरी (हि.स.)। उत्तर–पश्चिमी दिल्लीको आदर्श नगर क्षेत्रमा आज बिहानै मजलिस पार्क मेट्रो स्टेशन नजिक दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) को एक फ्ल्याटमा आगलागी हुँदा पति–पत्नी र उनीहरूको १० वर्षीया छोरीको मृत्यु भएको छ। दमकल विभागले घटनाको पुष्टि गरेको छ।

दमकल विभागका अनुसार, राति लगभग २:३९ बजी उक्त फ्ल्याटमा आग लागेको सूचना प्राप्त भएको थियो। आग पाँचौँ तलाको फ्ल्याटमा लागेको बताइएको छ। तत्कालै छवटा दमकल गाडी घटनास्थलमा पठाइयो। दमकलकर्मी फ्ल्याटभित्र प्रवेश गर्दा त्यहाँ तीन जनाको जलेको शव फेला पर्यो। मृतकहरूको पहिचान अजय (४२), उनकी पत्नी नीलम (३८) र छोरी जान्हवी (१०) का रूपमा गरिएको छ।

पुलिसका अनुसार, आगो कोठामा राखिएको घरेलु सामानबाट शुरु भएको थियो, जसले चाँडै विकराल रूप लिँदै पूरै कोठालाई आफ्नो चपेटामा लियो। आगो यति छिटो फैलियो कि कोठाभित्र रहेका तीनै जना बाहिर निस्कन सकेनन् र घटनास्थलमै उनीहरूको मृत्यु भयो।

दमकल विभागले बिहान ६:४० बजी आग पूर्ण रूपमा नियन्त्रणमा लिएको जनाएको छ। आग निभाउने क्रममा दमकलकर्मी राकेशको हात काटेर चोट लागेको थियो। उनलाई उपचारका लागि जगजीवन राम अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ। पुलिसले शवहरू पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। आगलागीको कारणबारे जांच भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande