
नयाँ दिल्ली, ०६ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशको विशाखापट्टनमस्थित हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड (एचपीसीएल) को विशाख रिफाइनरीमा अवशेष उन्नयन सुविधा (रेसिड्यु अपग्रेडेसन फेसिलिटी) सफलतापूर्वक सञ्चालनमा आएकोमा प्रशंसा गरेका छन्। उनले यसलाई ऊर्जा सुरक्षा सुदृढ़ बनाउने र आत्मनिर्भर भारतको दिशामा ठूलो कदम भएको बताए। यो सुविधाले रिफाइनरीमा बाँकी रहने भारी तेल (रेसिड्यु) लाई उच्च गुणस्तरको पेट्रोल र डिजेलमा रूपान्तरण गर्नेछ।
पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीको सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टलाई उद्धृत गर्दै प्रधानमन्त्री मोदीले अत्याधुनिक यो सुविधाले देशको ऊर्जा सुरक्षा बलियो बनाउने प्रयासलाई नयाँ गति दिने र यस क्षेत्रमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए।
उल्लेखनीय छ, यो अवशेष उन्नयन सुविधा रिफाइनरी आधुनिकीकरण परियोजनाको हिस्सा हो। यसको वार्षिक क्षमता ३.५५ मिलियन टन रहेको छ र यसमा विश्वकै सबैभन्दा ठूलो एलसी–म्याक्स प्रविधिको प्रयोग गरिएको छ। यस सुविधामार्फत सस्तो र भारी अवशेषलाई करिब ९३ प्रतिशतसम्म उच्च गुणस्तरका पेट्रोल–डिजेलजस्ता उत्पादनमा रूपान्तरण गर्न सकिनेछ।
विशेष कुरा के छ भने, यसका तीनवटा भारी रिएक्टर पूर्ण रूपमा भारतमै निर्माण गरिएका हुन्, जसले स्वदेशी प्रविधि र इन्जिनियरिङको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ। यसले रिफाइनरीको उत्पादकता बढाउने, मुनाफा सुधार्ने र भारी कच्चा तेल प्रशोधन गर्ने क्षमता पनि उल्लेखनीय रूपमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी