भारत–पाकिस्तान सीमाबाट करिब १०० करोड़ रुपियाँ बराबरको हेरोइन बरामद, चार तस्कर पक्राउ
भारत–पाकिस्तान सीमाबाट करिब १०० करोड़ रुपियाँ बराबरको हेरोइन बरामद, चार तस्कर पक्राउ


चण्डीगढ़, ०६ जनवरी (हि.स.)। पञ्जाब पुलिसले बीएसएफसँगको सहकार्यमा भारत–पाकिस्तान सीमामा गरिएको सर्च अपरेसनका क्रममा १९.९८० किलोग्राम हेरोइन बरामद गर्दै चार जना तस्करलाई पक्राउ गरेको छ। यस वर्ष लागूऔषध तस्करविरुद्ध गरिएको यो सबैभन्दा ठूलो कारबाही मानिएको छ। अन्तरराष्ट्रिय बजारमा बरामद हेरोइनको मूल्य करिब १०० करोड़ रुपियाँ आँकलन गरिएको छ।

पञ्जाब पुलिस महानिदेशक गौरव यादवले आज बिहान ‘एक्स’ मा पोस्ट गर्दै यस सफलताको जानकारी दिएका हुन्। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूको सम्बन्ध पाकिस्तानस्थित तस्करहरूसँग रहेको खुलेको छ। यादवका अनुसार, आरोपितहरूविरुद्ध एनडीपीएस ऐनअन्तर्गत एफआईआर दर्ता गरिएको छ। सीमा पार तस्करहरूको पहिचान, आपूर्ति मार्ग पत्ता लगाउने र सम्पूर्ण नेटवर्क ध्वस्त पार्ने उद्देश्यले जांच जारी रहेको उनले बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande