ईडीको आई-प्याकमा छापामारीलाई लिएर सीएम ममता ब्यानर्जीले दुई थानामा दर्ता गरिन् उजुरी
ममता


कोलकाता, 09 जनवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार कोलकाताका दुई अलग अलग पुलिस थानामा इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले इन्डिया पोलिटिकल एक्सन कमिटी (आई-पीएसी) को कार्यालय र यसका सह-संस्थापक प्रतीक जैनको निवासमा एकैसाथ छापा मारेको विषयमा उजुरी दर्ता गरेकी छिन्।

सूत्रहरू अनुसार, एउटा उजुरी कोलकाता पुलिस अन्तर्गत शेक्सपियर सरानी पुलिस स्टेशनमा दर्ता गराइयो भने अर्को विधाननगर पुलिस आयुक्तालय अन्तर्गत इलेक्ट्रोनिक कम्प्लेक्स पुलिस स्टेशनमा दर्ता गराइएको छ। यद्यपि, दुवै उजुरीमा ईडी अधिकारी वा केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ) का कुनै पनि कर्मचारीको नाम उल्लेख गरिएको छैन। उजुरीहरू अज्ञात व्यक्तिहरू विरुद्ध दर्ता गरिएको छ।

यसैबीच, कोलकाता पुलिसले शेक्सपियर सरानी पुलिस स्टेशनमा पनि स्वतः संज्ञान लिँदै एक मुद्दा दर्ता गरेको छ।

मुख्यमन्त्रीले दर्ता गरेका उजुरीहरूमा प्रतिक्रिया दिँदै केन्द्रिय शिक्षा राज्यमन्त्री तथा पश्चिम बंगाल भाजपाका पूर्व प्रदेश अध्यक्ष सुकान्त मजुमदारले तीखो टिप्पणी गरे। उनले भने, एक मुख्यमन्त्रीले एक व्यवसायीलाई बचाउन दुई पुलिस स्टेशनमा उजुरी दर्ता गरिनु दुर्भाग्यपूर्ण छ। मजुमदारले मुख्यमन्त्रीलाई आफ्नो पदको गरिमा कायम राख्न पनि अपील गरे।

उल्लेखनीय कुरा के छ भने यस मुद्दासँग सम्बन्धित तीन छुट्टाछुट्टै याचिकाहरू शुक्रवार कलकत्ता उच्च अदालतका न्यायाधीश शुभ्रा घोषको एकल पीठमा सुनवाइ हुनु तय छ। मुख्य याचिका प्रवर्तन निदेशालयले दायर गरेको हो, जसले मुख्यमन्त्री ममता ब्यानर्जीलाई आफ्नो संवैधानिक पदको दुरुपयोग गरेको र केन्द्रिय एजेन्सीका अधिकारीहरूको आधिकारिक काममा अवरोध पुर्यारएको आरोप लगाएको छ।

यसका साथै ईडीको याचिका विरुद्ध दुई प्रत्युत्तर याचिकाहरू दर्ता गरिएका छन्, एउटा प्रतीक जैनद्वारा र अर्को सत्तारूढ तृणमूल कांग्रेसद्वारा। यो मुद्दाले राज्यमा राजनीतिक उथलपुथललाई तीव्र बनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande