दुर्गा पूजा अवधि  मौसम रमाइलो, छुटपुट वर्षा हुने सम्भावना
दुर्गापूजा के समय का मौसम


कोलकाता, 10 अक्टोबर (हि.स.)। महालयसँगै पितृ पक्ष समाप्त भएर देवीपक्ष शुरु हुन्छ। यहाँदेखि दुर्गा पूजाको तयारी झन् तीव्र भएको छ। यसबीच, बङ्गालको खाड़ीमा निम्न चाप विकसित हुने सम्भावना हुँदाहुँदै पनि पश्चिम बङ्गालमा यसको प्रत्यक्ष प्रभाव पर्ने सम्भावना कमै छ। अलिपुर मौसम विज्ञान विभाग अनुसार दुर्गा पूजाको अवधिमा भारी वर्षाको हुने सम्भावना अहिले कमै छ। तर कोलकाता सहित राज्यका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ।

मौसम विभाग अनुसार शनिवार महालयको दिन कोलकाता र यस छेउछाउका क्षेत्रहरूमा आकाशमा बादल लागिरहन सक्छ। मौसम मुख्यतया सुक्खा रहने अनुमान गरिएको छ। कतिपय क्षेत्रहरूमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। शनिवार कोलकातामा न्यूनतम तापक्रम 24.6 डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा 0.7 डिग्री कम हो। अधिकतम तापमान 30.4 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 2.2 डिग्री कम हो।

दक्षिण बङ्गालका जिल्लाहरूमा पनि महालयदेखि मौसम मुख्यतया सुक्खा रहने अपेक्षा गरिएको छ। उत्तर 24 परगना, दक्षिण 24 परगना, कोलकाता, हावडा र पूर्व एवं पश्चिम मेदिनीपुरका केही ठाउँहरूमा हल्का वर्षा हुने सम्भावना छ। यस अवधिमा 30 किलोमिटर प्रतिघण्टाको गतिले झोंकादार हावा चल्नसक्छ। तटीय जिल्लाहरूमा कतै-कतै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

मौसम विभागको पूर्वानुमान अनुसार दक्षिण बङ्गालको गङ्गा तटीय क्षेत्रहरूमा दुर्गा पूजाको पञ्चमी, षष्ठी र सप्तमीमा वर्षा हुने सम्भावना अपेक्षाकृत कम छ। यसबाट पूजाका प्रारम्भिक दिनहरूमा मौसम अनुकूल रहने अपेक्षा गरिएको छ।

उत्तर बङ्गालमा पनि दुर्गा पूजाको समयमा सामान्यतया सुखद मौसम रहने अपेक्षा गरिएको छ। तर, महालयको दिन केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हाल उत्तर बङ्गालमा भारी वर्षाको कुनै पूर्वानुमान छैन।

बङ्गालको खाडीमा निम्न चाप विकसित हुने सम्भावनालाई ध्यानमा राख्दै मौसममाथि निगरानी गरिँदैछ। यद्यपि मौसम विभागको हालको पूर्वानुमान अनुसार दुर्गा पूजाको समयमा भारी वर्षा वा चक्रवातको चिन्ता गर्ने आवश्यकता छैन।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande