राज्यपालले एसयूको अकादमिक एवं प्रशासनिक यात्रामाथि आधारित पुस्तक विमोचन गरे
राज्यपाल र एसयू उपकुलपति


गान्तोक, 10 अक्टोबर (हि.स.)। सिक्किम विश्वविद्यालयका उपकुलपति प्रो. शान्तनुकुमार स्वाईंले राज्यपाल ओम प्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरेका छन्।

यस अवसरमा राज्यपालद्वारा सिक्किम विश्वविद्यालय (एसयू) को अकादमिक एवं प्रशासनिक यात्रामाथि आधारित एक महत्त्वपूर्ण पुस्तक ‘विजनरी लिडरशिपः द क्वेस्ट फर एक्सिलेन्स’ विमोचन गरे।

यो पुस्तकमा उपकुलपति प्रो. स्वाईंका प्रशासनिक अनुभव र दृष्टिकोण समेटिएका छन्। यस अवसरमा सिक्किम विश्वविद्यालयका प्रो. दुर्गा प्रसाद छेत्री (क्याम्पस निर्देशक, याङ्गाङ), प्रो. सत्यानन्द पाण्डा (पुस्तकालय प्रभारी) डा. प्रदीप त्रिपाठी, सहायक प्रोफेसर, हिन्दी विभाग उपस्थित रहेका थिए।

राज्यपालले उपकुलपति प्रो. स्वाईं र सम्पूर्ण टोलाई बधाई दिए र यो पुस्तकले विश्वविद्यालयलाई नयाँ उँचाइमा लैजान सहायक सिद्ध हुने बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande