जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
एसडीएफ कार्यकर्ताहरू


गान्तोक, 10 अक्टोबर (हि.स.)। राजधानी नयाँ दिल्लीको जन्तर-मन्तरमा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन पुगेका सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का युवा नेताहरूलाई शनिबार प्रशासनले पक्राउ गरेको छ। एसडीएफ पार्टीले १० अक्टोबरमा जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस घटनाबारे जानकारी दिएको हो।

विज्ञप्तिमा सरकार तथा व्यवस्थाप्रति असहमति, असन्तुष्टि र विरोध व्यक्त गर्न नागरिकहरूका लागि निर्धारित जन्तर-मन्तरमा पार्टीले पनि शान्तिपूर्ण रूपमा सहभागी हुने निर्णय गरेको उल्लेख गरिएको छ। पार्टीले विरोध प्रदर्शनमा सहभागी हुन पुगेका आफ्ना युवा नेताहरूलाई प्रशासनले प्रदर्शनस्थलबाटै पक्राउ गरेको जनाएको छ।

एसडीएफले भनेको छ, लोकतन्त्रमा जनताले व्यवस्थालसई आफ्ना सुझाउ, असन्तुष्टि, विमति र विरोध जनाउन पाउनु पर्छ। सिक्किमेली मतदाताहरू चुनिएका प्रतिनिधिप्रति सन्तुष्ट छैनन्। उनीहरू चुनाउ प्रक्रियामा संलग्न व्यक्ति, व्यवस्था तथा प्रयुक्त यन्त्र आदिमा विश्वस्त छैनन्। आफ्ना मत विपरीत चुनावी परिणामले सिक्किमेली जनता चकित छन्। यसै मुद्दालाई उठाएर राजधानी दिल्लीमा डाकिएको महा विरोध प्रदर्शनमा जनमत र जनतन्त्रको पक्षधरहरू भेलिनु नियमित स्वभाविकता हो। एसडीएफले भनेको छ, दिल्लीका प्रशासनले यसरी आफना नितान्त प्रजातान्त्रिक विरोध प्रदर्शनमा रहेका प्रदर्शनकारीलाई पक्राउ गर्नु देशको राजधानीमा सत्तावाद हाबी हुनु हो। सत्तावाद्ले लोकतान्त्रलाई अस्वीकार गर्छ। एसडीएफ सो पक्राउ कार्यको घोर भत्सर्ना जनाउँदछ।

एसडीएफले पार्टीको वरिष्ठ उपाध्यक्ष, युवा प्रभारी तथा उत्तर सिक्किमका सङ्गठन प्रभारी कर्मा टाशी भोटिया, नाम्ची जिल्लाका महासचिव तथा युवा प्रभारी रिवाज लिम्बू अनि सोरेङ जिल्ला समितिका युवा प्रभारी ईजाक लिम्बूलाई दिल्ली प्रशासनले पक्राउ गरेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande