
इम्फाल, 10 अक्टोबर (हि.स.)। मणिपुरमा पुलिस एवं सुरक्षा बलहरूले भिन्न-भिन्न अभियानहरूमा प्रतिबन्धित उग्रवादी सङ्गठन आरपीएफ/पीएलएकी सक्रिय महिला कार्यकर्ता सहित तीन जना मानिसहरूलाई पक्राउ गरेको छ। पक्रा परेका अन्य दुई संदिग्धले वाहन चोरी गर्ने प्रयास गरिरहेका थिए। पुलिसले चोरी गर्दा प्रयोग गरिएको हतियारलाई पनि जफत गरेको छ। राज्यमा सुरक्षा व्यवस्थालाई कायम राख्नको लागि कारबाही भइरहेको छ।
मणिपुर पुलिसले शनिवार दिएको आधिकारिक जानकारी अनुसार शुक्रवार सीडीओ/इम्फाल पश्चिमको एक टीमले दुई जना कथित वाहन चोरहरूलाई पक्राउ गऱ्यो। यी दुईले लेमलोङ्ग थोङ्गस्थित एएमएफए फुटबल मैदान परिसरमा वाहनको ताला भत्काएर चोरी गर्ने प्रयास गरिरहेका थिए। पक्रा परेका अभियुक्तहरूको पहिचान थौबल जिल्लाको लिलोङ्ग उपक थोङ्ग मखा निवासी वकार अहमद (20) र लिलोङ्ग अटो खोङ्ग निवासी एफएम बाबोई (20)- को रूपमा भएको छ।
अर्को अभियानमा गुप्त सूचनाको आधारमा इम्फाल पूर्वी जिल्ला पुलिस र सुरक्षा बलहरूकोसंयुक्त टीमले विष्णुपुर जिल्लाको थिनुङ्गेईमा अभियान सञ्चालन गरी आरपिएफ/पीएलएकी सक्रिय महिला क्याडर लाइमायुम नाओबी देवी उपनाम निरुपमा (37) लाई पक्राउ गऱ्यो।
पुलिस अनुसार महिला क्याडरमाथि आरोप छ, उसले पछिल्लो वर्ष 2025- मा आफ्नो ह्याण्डलरको निर्देशमा आफ्नो घरमा एउटा ह्याण्ड ग्रेनेड लुकाएर राखेकी थिइन्। करिब 15 दिनअघि उनले रिम्स अस्पतालको मुख्य द्वारमा एकजना अज्ञात व्यक्तिलाई सो ग्रेनेड सुम्पेकी थिइन्।
पुलिसले दुवै मामिलामा एफआईआर दर्ता गरेको गरी अग्रिम जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा