

उज्जैन, ११ अक्टोबर (हि.स.)। मध्य प्रदेशको इन्दौर स्थित होल्कर रङ्गशालामा आइतवार भारत र वेस्ट इन्डिजबीच हुने टी–२० म्याचअघि भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर आइतवार बिहान उज्जैन पुगे। उनले ब्याटिङ प्रशिक्षक सितांशु कोटक र स्थानीय सांसद अनिल फिरोजियासँगै विश्वप्रसिद्ध ज्योतिर्लिङ्ग भगवान् महाकालेश्वरको दर्शन गरेका छन्। गम्भीरले सम्पूर्ण देशको सुख–समृद्धि र भारतीय क्रिकेट टोलीको विजयका लागि बाबा महाकालसँग आशीर्वाद मागे।
गौतम गम्भीर र सितांशु कोटक बिहान लगभग १० बजी श्री महाकालेश्वर मन्दिर पुगे। त्यहाँ दुवैले मन्दिरको चाँदीको द्वारबाट बाबा महाकालको दर्शन गरे। त्यसपछि दुवै जना नन्दी हल पुगे, जहाँ बसेर ध्यान गर्दै बाबा महाकालप्रति आफ्नो श्रद्धा व्यक्त गरे। मन्दिर समितिका साथै सांसदले दुवै अतिथिको आत्मीय स्वागत गरे।
महाकालको दर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतम गम्भीरले खुशी व्यक्त गरे। उनले भने, “जय श्री महाकाल। बाबाले मलाई फेरि आशीर्वाद दिनुभएको छ। फेरि दर्शनका लागि बोलाउनुभयो, त्यसैले म आफूलाई अत्यन्त भाग्यमानी ठान्छु।” उनले बाबा महाकालको आशीर्वाद सबैमा कायम रहोस् र देशले निरन्तर प्रगति गरिरहोस् भनी प्रार्थना गरे। साथै भारतीय क्रिकेट टोली पनि यसरी नै निरन्तर अघि बढ़िरहोस् भन्ने कामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी