
नयाँ दिल्ली, ११ अक्टोबर। (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला र रक्षामन्त्री राजनाथ सिंह लगायत धेरै नेताले आइतवार नवरात्रिको पावन अवसरमा देशवासीलाई हार्दिक शुभकामना दिएका छन्।
उपराष्ट्रपति राधाकृष्णनले सामाजिक सञ्जाल ‘एक्स’ मा सन्देश लेख्दै माता दुर्गाको आशीर्वादले सबैलाई शक्ति, साहस र उत्तम बुद्धि प्राप्त होस् भन्ने कामना गरेका छन्। माता जगदम्बाको कृपाले सशक्त, समृद्ध र विकसित भारत निर्माण गर्ने सङ्कल्प अवश्य पूरा हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले माता जगदम्बाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको सञ्चार होस् भन्दै शुभकामना दिएका छन्। साथै, राष्ट्रिय एकता र प्रगतिप्रतिको सङ्कल्प अझ् सुदृढ़ बनोस् भन्ने कामना गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले पर्वतराज हिमालयकी पुत्री माता शैलपुत्री धैर्य, अटल सङ्कल्प, पवित्रता र दृढ़ विश्वासकी प्रतीक रहेको बताएका छन्। उनको दिव्य आराधनाले संयम, साहस, कर्तव्यनिष्ठा र आन्तरिक शक्तिका साथ जीवनमा अघि बढ्ने प्रेरणा दिने उनले उल्लेख गरेका छन्।
माता भगवतीको असीम कृपाले प्रत्येक हृदय करुणाले, प्रत्येक परिवार सुख–समृद्धिले तथा समाज प्रेम, एकता र सद्भावले भरिपूर्ण होस् भन्ने कामना गर्दै बिरलाले माता शैलपुत्रीको आशीर्वादले देश शान्ति, न्याय, सदाचार र मानवीय मूल्यको मार्गमा निरन्तर अघि बढोस् भनेका छन्। यस पवित्र पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मकता र आशाको सञ्चार गर्नुका साथै सशक्त, सौहार्दपूर्ण र विकसित भारत निर्माण गर्ने राष्ट्रिय सङ्कल्पलाई अझ् बलियो बनाओस् भन्ने कामना पनि उनले गरेका छन्।
रक्षामन्त्री राजनाथ सिंहले माताको दिव्य स्वरूपले प्रकृतिप्रति श्रद्धा राख्न, जीवनमा दृढ़ता अपनाउन र हरेक परिस्थितिमा अडिग रहने सङ्कल्प गर्न प्रेरित गर्ने बताएका छन्। आद्यशक्ति माता शैलपुत्रीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्दै उनले अर्धचन्द्र धारण गरेकी, वृषभमा सवार हुने र त्रिशूल हातमा लिने महिमामयी माता शैलपुत्रीप्रति श्रद्धा व्यक्त गरेका छन्।
केन्द्रीय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले माता जगदम्बाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्राप्त होस् तथा राष्ट्रिय एकता र प्रगतिप्रतिको सङ्कल्प अझ सुदृढ बनोस् भन्ने कामना गरेका छन्।
केन्द्रिय सड़क परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले नवरात्रिको पहिलो दिन माता दुर्गाको प्रथम स्वरूप माता शैलपुत्रीको पूजा गरिने उल्लेख गर्दै उनलाई कोटि–कोटि नमन गरेका छन्। देवी माताले सबैलाई संयम, शान्ति र सकारात्मक ऊर्जा प्रदान गरून् भन्ने उनले कामना गरेका छन्।
विदेशमन्त्री डा. एस. जयशङ्करले पनि नवरात्रिको यस पर्वले सबैको जीवनमा शान्ति, आनन्द र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी