
गान्तोक, 12 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज तेह्रौँ न्यिया जाम्गा टुल्कु रिन्पोछेसँग भेट गरी राज्यका जनताका लागि उनको आशीर्वाद ग्रहण गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत उक्त भेट आध्यात्मिक रूपमा अत्यन्तै भावपूर्ण रहेको बताएका छन्। यस पवित्र भेटले आफूलाई शान्ति, विनम्रता र आध्यात्मिक प्रेरणाको गहिरो अनुभूति गराएको उनले उल्लेख गरेका छन्।
उनका अनुसार, यस भेटले सजगता, करुणा र निःस्वार्थ सेवाजस्ता शाश्वत मूल्यहरूको महत्त्वलाई पुनः स्मरण गराएको छ। यी मूल्यहरूले आगामी यात्रामा पनि आफूहरूलाई मार्गदर्शन गरिरहने विश्वास उनले व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल