
नयाँ दिल्ली, १३ अक्टोबर (हि.स.)। भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंहले जोधपुर वायुसेना केन्द्रमा आयोजित ‘तरङ्ग शक्ति’ अभ्यासका क्रममा स्वदेशी लड़ाकू विमान तेजसमा आफ्नो कार्यकालको अन्तिम लड़ाकू उड़ान भरे। उनी यसै महिनाको अन्त्यमा अवकाश लिँदैछन्। मित्रराष्ट्रका विमानहरू तथा सूर्यकिरण हवाई कलाबाजी टोलीसँग ‘पावर इन पार्टनकशि' भन्ने मूल नाराका साथ गरिएको उनको यो उड़ानले अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्न विश्वास गर्ने एक लड़ाकू विमान चालकको जाँगर र प्रतिबद्धता झल्काएको छ।
वायुसेना स्थापना दिवसका अवसरमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा उनलाई आफ्नो करियरमा विभिन्न प्रकारका फिक्स्ड र रोटरी विङ विमानहरूमा पाँच हजार घण्टाभन्दा बढ़ी उड़ान अनुभव भए पनि कार्यकाल समाप्त हुनुअघि तेजस मार्क–२ उड़ाउन नपाउने कुराको पछुतो रहने हो कि भनेर प्रश्न गरिएको थियो। त्यसको जवाफमा एयर चिफ सिंहले जीवनका सबै लक्ष्य पूरा नहुने बताउँदै पूरा भएका लक्ष्यलाई स्वागत गर्नुपर्ने र अधुरा रहेका लक्ष्यलाई आगामी पुस्ताका लागि छाड़िदिनुपर्ने बताएका थिए।
स्वदेशी तेजसमा भरिएको उनको अन्तिम लड़ाकू उड़ान उत्कृष्ट करियरको महत्त्वपूर्ण क्षण बनेको छ। उनको करियर उड्डयनप्रतिको गहिरो लगाव र राष्ट्रसेवाप्रतिको दृढ़ सङ्कल्पबाट प्रेरित रहेको छ।
एयर चिफ मार्शल एपी सिंहले ३१ अक्टोबरमा अवकाश लिँदैछन्। त्यसपछि वर्तमान उपवायुसेना प्रमुख एयर मार्शल आशुतोष दीक्षितले वायुसेना प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।
‘तरङ्ग शक्ति’ अभ्यासमा अस्ट्रेलिया, बाङ्ग्लादेश, फ्रान्स, जर्मनी, ग्रीस, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स र अमेरिका सहित आठ मित्रराष्ट्रले आफ्ना हवाई साधन तथा विमानहरू पठाएका छन्। अन्य ३२ राष्ट्र पर्यवेक्षकका रूपमा सहभागी भएका छन्। वायुसेना प्रमुखले विदेशी लड़ाकू विमानहरू तथा सूर्यकिरण टोलीसँग उड़ान भरेर आफ्नो उड़ान करियरको एउटा अविस्मरणीय अध्यायको अन्त्य गरेका छन्।
अन्तिम उड़ानका लागि भारतमै निर्मित लड़ाकू विमान रोज्नुले तेजसप्रति उनको विश्वास झल्काएको छ। वायुसेना प्रमुखका रूपमा लगभग दुई वर्षको कार्यकाल पूरा गरेपछि सिंहले ३१ अक्टोबरमा वर्तमान उपवायुसेना प्रमुखलाई जिम्मेवारी हस्तान्तरण गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी