
जोधपुर, १३ अक्टोबर (हि.स.)। केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले संविधानको मूल भावना संवैधानिक संस्थाहरूको स्थायित्व, निष्पक्षता र तिनको विश्वसनीयता कायम रहनुमा निहित रहेको बताएका छन्। उनले पछिल्ला केही वर्षमा, विशेषगरी साल २०२४ को लोकसभा निर्वाचनमा पराजय भोगेपछि विपक्षी दलहरूले संवैधानिक संस्थाहरूमाथि प्रश्न उठाउने र तिनलाई कमजोर बनाउने प्रयास गरेको भन्दै यसलाई देशको लोकतन्त्रका लागि चिन्ताजनक बताएका छन्।
मंगलवार जोधपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शेखावतले न्यायपालिका, निर्वाचन आयोग वा सरकारको कामकाजसँग सम्बन्धित संस्थाहरूमाथि निरन्तर प्रश्न उठाउने प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने बताए। उनले दशकौँसम्म देशमा शासन गरेको कांग्रेस पार्टी र त्यसको नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताए। राजनीतिक महत्त्वाकाङ्क्षा पूरा गर्न यस्ता गैरजिम्मेवार गतिविधि गर्नु दीर्घकालमा देश र लोकतन्त्रका लागि हानिकारक साबित हुनसक्ने उनले उल्लेख गरे।
मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियालाई लिएर विपक्षी दलहरूको धारणामाथि प्रश्न उठाउँदै शेखावतले उनीहरूको व्यवहार चयनात्मक रहेको आरोप लगाए। उनले पञ्जाब र तमिलनाडु जस्ता राज्यमा एसआईआर प्रक्रिया तथा निर्वाचन परिणामलाई लिएर विपक्षी दलहरूले पश्चिम बङ्गालमा निर्वाचन परिणामपछि उठाएज सरी प्रश्न नउठाउने बताए।
कांग्रेसले निर्वाचनमा सफलता हासिल गर्दा निर्वाचन प्रक्रियामाथि प्रश्न नउठाउने, तर पराजय भोग्नुपर्दा निर्वाचन प्रक्रियामाथि शङ्का व्यक्त गर्ने गरेको उनले आरोप लगाए। लोकतन्त्रमा राजनीतिक सुविधाअनुसार निर्वाचन परिणाम स्वीकार गर्ने वा त्यसको विरोध गर्ने प्रवृत्ति उचित नभएको शेखावतले बताए।
पूर्व विधायक अतर सिंह भड़ानासँग सम्बन्धित कुटपिट तथा हत्या प्रकरणबारे प्रतिक्रिया दिँदै शेखावतले यस घटनालाई दुर्भाग्यपूर्ण बताए। उनले यो अनुसन्धानको विषय रहेको उल्लेख गरे। भड़ाना पूर्व विधायक तथा वरिष्ठ नेता रहेको र उनीसँग आफ्नो व्यक्तिगत सम्बन्ध समेत रहेको शेखावतले बताए। कुनै पनि व्यक्तिमाथि यस प्रकारको अराजकता र हिंसा हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले दोषीहरू विरुद्ध उचित कारबाही हुनुपर्ने बताए।
आगामी पञ्चायत निर्वाचनबारे बोल्दै शेखावतले भारतीय जनता पार्टीको जितप्रति विश्वास व्यक्त गरे। नगर निकायका निर्वाचनमा भाजपाले सफलता हासिल गरेझैँ पञ्चायती राज संस्थाका निर्वाचनमा पनि पार्टीले भारी बहुमत प्राप्त गर्ने अपेक्षा रहेको उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी