देशमा अराजकता फैलाउने प्रयास भइरहेको छ: राजनाथ सिंह
राजनाथ सिंह


लखनउ, 16 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा रक्षामन्त्री राजनाथ सिंहले कांग्रेसमाथि कडा प्रहार गरेका छन्। लखनउ भ्रमणको दोस्रो दिन शुक्रबार भारतीय जनता पार्टीको प्रदेश कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आज भारतको प्रतिष्ठा विश्वभर बढिरहेको अवस्थामा विपक्षीहरूले मत चोरीको नाममा अराजकता फैलाउने प्रयास गरिरहेको आरोप लगाए। उनले राहुल गान्धीलाई आत्ममन्थन गर्नुपर्ने सुझाउसमेत दिए।

सिंहले कांग्रेसले विगतमा ठूला अपराध गरेको आरोप लगाउँदै पार्टीको इतिहासमा धेरै कालो अध्याय जोडिएको बताए। उनले सिखहरूको नरसंहार भएको उल्लेख गर्दै मत चोरीको मुद्दालाई बमको संज्ञा दिइए पनि त्यो तिहारमा पड्काइने पटेका पनि नरहेको टिप्पणी गरे।

उनले विपक्षीहरू बङ्गलादेशको शैलीमा सत्ता परिवर्तन गर्न चाहिरहेको आरोप लगाए। उनीहरूको लडाइँ मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) का लागि नभई सत्ता हासिल गर्नका लागि रहेको सिंहको भनाइ थियो।

एक निर्वाचन आयुक्त दुईपटक मन्त्री बनेको उल्लेख गर्दै सिंहले १९९३ अघिसम्म मतदाता परिचयपत्र नरहेको बताए। मतदाता परिचयपत्र बन्न थालेपछि कांग्रेसका लागि बहुमत हासिल गर्न कठिन भएको र त्यसयता पार्टी बहुमतका साथ सत्तामा आउन नसकेको उनले दाबी गरे।

सिंहले विपक्षीहरूले कथित मत चोरीको नाममा अराजकता फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै भारत सरकारलाई खुलेआम ढाल्न चाहेको बताए। उनले यस्तो गतिविधिलाई अराजकताको संज्ञा दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande