उपराष्ट्रपतिले स्वतन्त्रता सेनानी वीरपाण्ड्या कट्टाबोम्मनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे
उपराष्ट्रपति वीरपांडिया कट्टाबोम्मन की स्मृति में उनके चित्र पर पुष्प अर्पित करते हुए।


नयाँ दिल्ली, 16 अक्टोबर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णनले शुक्रबार उपराष्ट्रपति भवनमा स्वतन्त्रता सेनानी वीरपाण्ड्या कट्टाबोम्मनको पुण्यतिथिका अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

उपराष्ट्रपतिले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “वीरपाण्ड्या कट्टाबोम्मनले ब्रिटिस साम्राज्यवादसामु झुक्न अस्वीकार गर्दै निडर भएर त्यसको विरोध गरेका थिए। उनको वीरता, बलिदान र आफ्नो सार्वभौमसत्ताको रक्षाप्रति रहेको अटल सङ्कल्पले भारतको स्वतन्त्रता सङ्ग्रामको इतिहासमा अमिट छाप छोडेको छ। दासत्वको साङ्लोलाई अस्वीकार गर्दै देशभक्तिको भावना र दृढ सङ्कल्पका साथ आफ्ना अधिकारको रक्षाका लागि लडेका वीरपाण्ड्या कट्टाबोम्मनको वीरतापूर्ण जीवन आगामी पुस्तासम्म जनताको हृदयमा सदैव जीवित रहनेछ।”

उल्लेखनीय छ, वीरपाण्ड्या कट्टाबोम्मन तमिलनाडुको थुथुकुडी जिल्लास्थित पञ्चालङ्कुरिचीका पलायकरर अर्थात् स्थानीय सामन्ती शासक थिए। त्यसबेला यो क्षेत्र तिरुनेलवेली क्षेत्रअन्तर्गत पर्दथ्यो। उनलाई पञ्चालङ्कुरिची पलायमका कट्टाबोम्मन नायकका रूपमा पनि चिनिन्थ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande