प्रधानमन्त्री मोदी 11-12 दिसम्बरमा क्यानडा भ्रमणमा जाने
प्रधानमंत्री नरेन्द्र मोदी (फाइल फोटो)


नयाँ दिल्ली, १६ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी 11 र 12 दिसम्बरमा क्यानडा भ्रमणमा जाने भएका छन्। क्यानडा स्थित भारतीय उच्चायोगले शुक्रवार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिएको हो।

उच्चायोगले आफ्नो पोस्टमा प्रधानमन्त्री मोदीले 11 र 12 दिसम्बरमा क्यानडाको भ्रमण गर्ने जनाएको छ।

यसअघि प्रधानमन्त्री मोदी र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच भएको कुराकानीमा दुवै नेताले द्विपक्षीय सम्बन्धमा सकारात्मक गतिलाई निरन्तरता दिने तथा व्यापार, ऊर्जा, प्रविधि, सुरक्षा र दुवै देशका जनताबीचको सम्पर्कका क्षेत्रमा ठोस परिणाम हासिल गर्न काम गर्ने सहमति जनाएका थिए।

प्रधानमन्त्रीको यस भ्रमणलाई दुवै देशबीच विभिन्न क्षेत्रमा सहकार्यलाई अगाड़ी बढ़ाउने र द्विपक्षीय सम्बन्धलाई सुदृढ़ बनाउने प्रयासका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande