
नयाँ दिल्ली, १७ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र आम आदमी पार्टी (आआप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलाई उनको ५३औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। यस क्रममा उनीहरूले उनको स्वस्थ तथा दीर्घायु जीवनको कामना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत भगवन्त मानलाई जन्मदिनको शुभकामना दिएका छन्। उनले लेखेका छन्, “पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलाई जन्मदिनको शुभकामना। उनको दीर्घायु तथा स्वस्थ जीवनको कामना गर्दछु।”
त्यस्तै, आम आदमी पार्टी (आआप) का राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले पनि भगवन्त मानलाई जन्मदिनको शुभकामना दिएका छन्। उनले पञ्जाबका मुख्यमन्त्रीलाई पञ्जाबको गौरव तथा आफ्नो भाइ भन्दै उनको सुखी र स्वस्थ जीवनको कामना गरेका छन्।
केजरीवालले आफ्नो सन्देशमा लेखेका छन्, “पञ्जाबको गौरव तथा मेरा भाइ भगवन्त मानलाई जन्मदिनको हार्दिक शुभकामना। ईश्वरसँग प्रार्थना छ, तिमी सधैँ मुस्कुराइ राख, स्वस्थ रहिराख र पञ्जाबको समृद्धिका लागि यसरी नै काम गरिराख।”
हिन्दुस्थान समाचार / भवानी थामी