
कुपवाड़ा, १७ अक्टोबर (हि.स.)। उत्तरी कश्मीरको कुपवाड़ा जिल्लामा शनिवार नियन्त्रण रेखा (एलओसी) मा सुरक्षाकर्मीहरूले आतङ्कवादी घुसपैठको प्रयास विफल पारेका छन्। यस क्रममा भएको भिड़न्तमा दुई आतङ्कवादी मारिएको खबर छ। यद्यपि, भिड़न्तमा आतङ्कवादीहरू मारिएको आधिकारिक पुष्टि भने हालसम्म भएको छैन।
अधिकारीहरू अनुसार, केरन सेक्टरको जुमागुन्ड क्षेत्रमा सैनिकहरूले संदिग्ध गतिविधि देखेपछि दुवैतर्फबाट गोलीबारी भएको थियो। एक वरिष्ठ अधिकारीले बिहान लगभग ३:३० बजी केरन सेक्टरको जुमागुन्ड क्षेत्रमा एलओसीमा भिड़न्त शुरु भएको बताए।
यस भिड़न्तमा दुई आतङ्कवादी मारिएको आशंका गरिएको छ। यसलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा खोजी अभियान सञ्चालन भइरहेको छ। पछिल्लो जानकारी प्राप्त हुँदासम्म पनि अभियान जारी थियो। थप विवरणको प्रतीक्षा भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी