नोएडामा एउटै परिवारका पाँच जनाको संदिग्ध अवस्थामा मृत्यु, फूड पोइजनिङको आशंका
घटनास्थल पर मौजूदा भीड़ की फोटो


नोएडा, १७ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्धनगर जिल्ला स्थित नोएडाको रबुपुरा थाना क्षेत्र अन्तर्गत नगला श्री पदम गाउँमा बसोबास गर्ने एउटै परिवारका पाँच जनाको संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। उनीहरूको मृत्यु फूड पोइजनिङको कारण भएको हुनसक्ने पुलिसको आशंका छ।

पुलिस आयुक्तका सञ्चारमाध्यम प्रभारी सुबोध कुमारले शनिवार बिहान रबुपुरा पुलिसले नगला श्री पदम गाउँका एउटै परिवारका पाँच सदस्य महेश (३७) कृष्णाका छोरा, ललित (३५) महेशकी पत्नी, लड्डू (११) महेशका छोरा, मिष्टी (७) महेशकी छोरी र साक्षात (३), महेशका छोरा, आफ्नै घरमा मृत अवस्थामा फेला परेको सूचना प्राप्त गरेको बताए। उनले घटनाको सूचना पाएलगत्तै पुलिसका वरिष्ठ अधिकारी, एम्बुलेन्स तथा फूड सेफ्टी विभागको टोली घटनास्थलमा पुगेको जानकारी दिए।

उनले घटनास्थलमा फिल्ड युनिट र फरेन्सिक टोलीले निरीक्षण गरेको बताए। घटनास्थलबाट वैज्ञानिक प्रमाणहरू सङ्कलन भइरहेको उनले जानकारी दिए। मृतकहरूको शवलाई कब्जामा लिएर पोस्टमार्टमका लागि पठाइएको छ।

उनी अनुसार, प्रारम्भिक दृष्टिमा यो घटना फूड पोइजनिङको कारण भएको देखिन्छ।

वरपरका मानिसहरूले पुलिसलाई बताए अनुसार, मृतकहरूले राति चाउचाउ खाएका थिए। त्यसपछि बिहान उनीहरू मृत अवस्थामा फेला परेका थिए।

उनले मृत्युको वास्तविक कारणबारे अहिलेसम्म पुष्टि नभएको बताए। पोस्टमार्टम रिपोर्ट तथा अन्य वैज्ञानिक जाँचका आधारमा थप कानूनी कारबाही गरिने उनले जानकारी दिए।

यस घटनाका कारण ग्रेटर नोएडा क्षेत्रमा त्रास फैलिएको छ। घटनालाई लिएर मानिसहरूबीच विभिन्न किसिमका चर्चा भइरहेका छन्। घटनाको सूचना पाएपछि घटनास्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका छन्।

/ बिशाल


 rajesh pande