प्रत्येक मानिसमा नारी संरक्षणको भावना हुनुपर्छः डा. इन्द्रेश कुमार
Rajypal


बच्चों को प्रसाद खिलाती राज्यपाल आनंदीबेन पटेल


जन भवन में कन्या पूजन कार्यक्रम


जन भवन में कन्या पूजन कार्यक्रम


लखनउ, १७ अक्टोबर (हि.स.)। प्रेरणा परिवारद्वारा नवरात्रिको अवसरमा शनिवार जनभवन परिसरमा ५१०० कन्याको पूजन गरिएको छ। राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का अखिल भारतीय कार्यकारिणी सदस्य डा. इन्द्रेश कुमारले कन्या पूजन समारोहलाई सम्बोधन गर्दै हरेक व्यक्तिमा नारीको रक्षा गर्ने भावना जागृत हुनुपर्ने र वरिष्ठ नागरिकहरूको सधैँ सम्मान गर्नुपर्ने बताए। कन्या पूजन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेलले कन्याहरूको पाउ पखालेर पूजा-अर्चना गर्नुका साथै प्रसाद वितरण गरिन्।

समारोहका क्रममा डा. इन्द्रेश कुमारले भारतीय मूल्य–मान्यतामाथि जोड दिँदै भारतमा कन्या पूजनको परम्परा यहाँका मानिसहरू वास्तविक अर्थमा मानव बन्न सकून् भन्ने उद्देश्यले रहेको बताए। उनले आज विश्वमा भारतलाई सबैभन्दा राम्रो देश मानिन्छ भने त्यसको पछाड़ी हाम्रो यही गौरवशाली संस्कृति रहेको बताए।

उनले भने, “जहाँ नारीको सम्मान हुन्छ, त्यहाँका मानिसहरू देवता बन्छन् र जहाँ नारीको अपमान हुन्छ, त्यहाँका मानिसहरू राक्षसी प्रवृत्तिका भनिन्छन्।” भारतको सनातन संस्कृतिले नारीको आदर गर्नेहरू मात्र देवता भनिने योग्य हुन्छन् भन्ने शिक्षा दिने उनले बताए। मर्यादा पुरुषोत्तम भगवान् रामको उदाहरण दिँदै उनले श्रीराम नारीको सम्मानका सबैभन्दा ठूला प्रतीक भएको बताए।

यस कार्यक्रममा लखनउ वरपलका क्षेत्रहरूमा रहेका सेवा बस्तीहरूबाट कन्याहरू सहभागी भएका थिए। राजभवन पुगेपछि कन्याहरूको पाउ पखालेर, टीका लगाई र चुनरी प्रदान गरेर स्वागत गरियो।

शिखा भार्गवले आफ्नो सांस्कृतिक तथा सामाजिक धरोहरलाई जोगाइराख्ने उद्देश्यले मार्च २०२४ मा लखनउ शहरका ११ युवा दम्पतीको सहयोगमा प्रेरणा परिवारको गठन गरिएको बताइन्। संस्थाको मूल सङ्कल्प आफ्नो सांस्कृतिक विरासतलाई पुनर्जीवित गर्नु र त्यसप्रति गौरवको भावना जागृत गर्नु रहेको उनले बताइन्।

प्रशान्त भाटियाले कन्या पूजनको उद्देश्य सामाजिक समरसताको भावना विकास गर्नु तथा सेवा बस्तीका साथै समाजका प्रबुद्ध व्यक्तिहरूलाई पनि सम्पूर्ण समाज आफ्नै हो भन्ने अनुभूति गराउनु रहेको बताए।

प्रेरणा परिवारका अध्यक्ष गुन्जित कालराले प्रेरणा परिवारको उद्देश्य भावी पुस्तालाई सनातनी परम्परा र मूल्य–मान्यतासँग जोड्नु रहेको बताए। उनले सनातन धर्ममा भारतीय पर्व तथा चाड़पर्वहरू धूमधामका साथ मनाउने परम्परा रहेको र यो परम्परा युगौँदेखि चलिआएको बताए। यो पर्व भारतको गौरवशाली संस्कृति तथा आस्थाको प्रतीक रहेको उनले उल्लेख गरे। जनभवनमा यो तेस्रो कार्यक्रम भएको बताउँदै उनले संस्थाले नयाँ पुस्तामा सांस्कृतिक विरासतप्रति जागरूकता र सम्मान बढ़ाउने प्रयास गरिरहेको जानकारी दिए।

यस अवसरमा आरएसएसका प्रान्त प्रचारक कौशल, प्रान्त सम्पर्क प्रमुख गङ्गा सिंह, विद्यार्थी परिषद्का क्षेत्रीय सङ्गठन मन्त्री घनश्याम शाही, प्रान्त प्रचारक प्रमुख यशोदा र प्रान्त समरसता प्रमुख राजकिशोर उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande