

अमेठी, 02 अक्टोबर (हि.स.)। अमेठी जिल्लामा जायस कोटवाली क्षेत्रस्थित डेबका गाउँ नजिकै शुक्रवार संदिग्ध परिस्थितिमा रेलको चपेटमा परी एकजना युवकको मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर जाँच गरिरहेको छ।
मृतकको पहिचान जायस पुलिस स्टेशन अन्तर्गत पुरे तेजी माजरे निवासी रेहान (18) को रूपमा भएको छ। परिवारका सदस्यहरू अनुसार रेहान कपाल काट्नको लागि भनेर घरबाट हिँड़ेको थियो। तर उ कसरी देबका गाउँ नजिकैको रेलवे ट्रयाकमा कसरी पुग्यो, उनीहरूलाई केही थाहा छैन। घटनाको जानकारी पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमार्टम गर्नको लागि पठाइदिएको छ। पुलिस घटना कारण पत्तो लगाउन अनुसन्धानमा जुटेको छ।
जयस कोटवालीका प्रभारी अमरेन्द्र सिंहले बताए, घटनाको खबर पाए लगत्तै पुलिस टीम घटनास्थलमा पुगेको थियो। पञ्चनामा भरिएपछि शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे आफन्त र स्थानीयबाट जानकारी जुटाइरहेका छौं। अनुसन्धान अनि पोस्टमार्टम रिपोर्टका आधारमा आवश्यक कानुूनी कारबाही गरिनेछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा