
खरसाङ, 02 अक्टोबर (हि.स.)। खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज दुई वटा फाइनल सम्पन्न भयो। अण्डर 14 बोइजको उपाधि सन्त अल्फान्सस् स्कूलले तथा ओपन गर्ल्सको उपाधि युकेएफजीसीले आफ्नो नाम गरेका छन्।
अण्डर 14 बोइज फुटबल अन्तर्गत सन्त अल्फान्सेस स्कूल र महानदी फुटबल एकेडेमीमाझ सम्पन्न भयो। सन्त अल्फन्सेस स्कूलले यो खेल 2 को विरुद्ध 4 गोलले जित्यो। पराजयको सामना गर्नु परे पनि महानदी एफएका खेलाडी कुणाल छेत्रीलाई म्यान अफ् द म्याच घोषित गरियो भने म्यान अफ् द सिरिज सन्त अल्फेन्सेस् स्कूलका रवन्त खवास चयन भएका छन्।
यस्तै प्रकारले अर्को फाइनल गर्ल्स ओपन अन्तर्गत शेर एफसी कालेबुङ बनाम युनाइटेड खरसाङ गर्ल्स फुटबल क्लबमाझ सम्पन्न भयो। निर्धारित समयमा दुवै दल 1-१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनल्टीद्वारा गरियो, जसमा खरसाङ गर्ल्स टिमले प्रतिद्वन्द्वी दललाई पराजित गरेर उपाधि आफ्नो नाम गर्यो। आफ्नो उत्कृष्ट प्रदर्शनको फलस्वरूप खरसाङ गर्ल्सकी खेलाडी शिवानी शर्मालाई प्लेयर अफ् द म्याच घोषित गरियो। उसरी नै शेर एफसीका अग्र पंक्तिकी खेलाडी अञ्जली गुरुङलाई प्लेयर अफ् द सिरिज घोषित गरियो।
दुवै विजेता अनि उप विजेता दलहरुलाई डीएमडीसी लाडेन लेप्चा, पूर्व सभासद श्याम शेर्पा, खरसाङ महकुमा खेलकूद संघका कार्यकारी अध्यक्ष मोहन योञ्जन, प्रमुख संग्रक्षक टीटी लामा र एसबी सुनवार अनि सल्लाहकार दावा गोले अनि सार्की परिवारका सदस्यहरुद्वरा पुरस्कारहरु प्रदान गरियो।
अब शनिवार स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता फुटबल अन्तर्गत अन्तर कार्यालय लिग फुटबलको फाइनलमा खरसाङ ट्राफिक गार्ड बनाम एयर फोर्समाझ खिताबी भिडन्त हुनेछ।
---------------
हिन्दुस्थान समाचार / हनोक