सपाको 'पीडीए' पार्टी बन्ने राजनीतिक ढोङ्ग, नजिकका-पूँजीपतिहरूलाई  दिन्छ टिकट: मायवती
मायावती की फोटो


सपाको दोहोरो चाल-चरित्रदेखि सतर्क रहन आवश्यक

लखनऊ, 02 अक्टोबर (हि.स.)। बहुजन समाज पार्टी (बसपा) की राष्ट्रिय अध्यक्ष मायवतीले समाजवादी पार्टी (सपा) लाई प्रहार गरेकी छन्। उनले भनिन्, सपाले सदा जस्तै 'पीडीए' पार्टी भएको राजनीतिक ढोङ्ग तथा छल गरिरहेको छ। उसले पूँजीपतिहरू र आफन्तहरूलाई मात्र टिकट दिन्छ। जबकि बीएसपीले तल्लो तहका कर्मठ अम्बेडकरवादीहरूलाई मात्र आफ्नो पार्टीको उम्मेद्वार बनाउँछ।

बसपा प्रमुख मायवतीले शुक्रवार एक्समा पोस्ट गर्दै लेखिन्, सर्वविदितै भएको कुरा हो कि बसपाले सानो-ठूलो कुनै पनि चुनाउमा विरोधी पार्टीहरूले जस्तो विशेष गरी समाजवादी पार्टी (सपा) ले जस्तो आफ्नो परिवार, आफन्त, भाइ-बहिनी, नजिकका आफन्त, विशेष गरी ठूल्ठूला पूँजीपति अनि साहुकारहरूलाई टिकट दिँदैन। अर्थात् चुनाउमा उनीहरूको धनबलको सहारा लिँदैन, जबकि पार्टीमा कार्यरत सर्वसमाजमध्ये गरीब, मध्यम वर्ग एवं कमजोर तप्काका कर्मठ अम्बेडकरवादीहरूलाई मात्र आफ्नो पार्टीका उम्मेदवार बनाउँछ। अर्थात् बसपाको राजनीति वंशवाद र धनबलदेखि मुक्त एवं स्वच्छ छ, जबकि अर्कोतर्फ सपाले यसको विपरीत काम गर्छ जसले आफैले आफैलाई समाजवादी वा कथित रूपमा पीडीएको पार्टी भएको राजनीतिक ढोङ्ग र छल गर्छ।

यसको एउटा ताजा उदाहरण यो छ, सपाले उत्तर प्रदेशबाट राज्यसभाको लागि द्विवार्षिक चुनाउमा रामगोपाल यादवलाई नामाङ्कन दर्ता गर्न लगाएको छ जो सपा प्रमुखको नजिकका आफन्त हुन्। सपाले आफ्नो दोस्रो उम्मेद्वार धनराज परिमल नाथवानीलाई बनाएको छ जो प्रसिद्ध उद्योग घरानासँग सम्बन्धित छन्। जनमत अनुसार सपाको तेस्रो उम्मेद्वार पहिले जस्तै, सम्भवतः फेस सेभिङ्ग र चुनाउ हार्नको लागि हुनेछ।

मायावतीले भनिन्, सपालाई चुनाउमा भोट त 'पीडीए' कै चाहिन्छ, तर सांसद र विधायक आदि भने अधिकांश आफ्नै परिवारका सदस्य तथा बड़े-बड़े पूँजीपतिहरूलाई बनाउँछ। अतः जनता उनीहरूको 'पीडीए'-सित झुक्किनु हुँदैैन।

उनले अझ भनि्न्, यो कुनै नयाँ कुरा होइन जबकि सपाको यस्तो दोहोरो चाल, चरित्र एवं अनुहार सदैवदेखि रहिआएको छ। तसर्थ विशेष गरी 'बहुजन समाज' -का मानिसहरू उत्तर प्रदेश विधानसभा चुनाउअघि पूर्ण रूपमा सचेत रहन आवश्यक छ, किनभने उनीहरू सबैको हित बसपामै निहित अनि सुरक्षित छ, बाँकी सबै छल हो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande