मुख्यमन्त्रीले गान्धी जयन्तीमा स्वच्छता अभियानमा गरिन् श्रमदान
आजादपुर में  शुक्रवार को स्वच्छता अभियान में श्रमदान करतीं मुख्यमंत्री रेखा गुप्ता


नयाँ दिल्ली, 02 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार 'सेवा मेरो योगदान' अभियान अन्तर्गत राष्ट्रपिता महात्मा गान्धीको जन्म जयन्तीमा आजादपुरमा आयोजित स्वच्छता अभियानमा सहभागी भएर श्रमदान गरिन्।

मुख्यमन्त्रीले सोशल मिडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भनिन्, 12 वर्षअघि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा शुरु भएको स्वच्छ भारत अभियान आज जनताको सङ्कल्प र राष्ट्रव्यापी जनआन्दोलन बनिसकेको छ। यस अभियानले स्वच्छतालाई व्यवस्थाको विषय मात्र नभएर नागरिक कर्तव्य अनि जीवनको संस्कारको रूपमा स्थापित गरेको छ। उनले भनिन्, स्वच्छतालाई आफ्नो आदत बनाऔं अनि जनताको सहभागितामा स्वच्छ भारत, स्वस्थ भारत एवं स्वच्छ दिल्लीको सङ्कल्पलाई अझ सुदृढ पारौं ।

यस अवसरमा विधायक राजकुमार भाटिया, नर्थ जोन वार्ड कमिटीका अध्यक्ष गुलाब सिंह राठौर, कर्पोरेटर मुकेश गोयल, सुमन शर्मा, अजय खटाना लगायत अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande