नारायणगढ़मा राष्ट्रिय राजमार्गबाट 32 वटा गाई उद्धार , दुई जना हिरासतमा
राष्ट्रीय राजमार्ग में जब्त की गई गाय


पश्चिम मेदिनीपुर, 02 अक्टोबर (हि.स.)। अँध्यारोको फाइदा उठाउँदै लरी मार्फत गाई तस्करी भइरहेको सूचना पाएपछि नारायणगढ़ पुलिसले अभियान सञ्चालन गरी लगभग 32 वटा गाईहरूलाई जफत गऱ्यो। पुलिसले यस मामिलामा दुई जना मानिसहरूलाई हिरासतमा लिएको छ।

पुलिस सूत्र अनुसार गए बिहीवार राती खड़गपुर-बालेश्वर 16 नम्बर राष्ट्रिय राजमार्गमा एउटा लरी धेरै वटा गाईहरू लिएर गइरहेको थियो। यसको सूचना नारायणगढ़ पुलिसले पाएपछि राष्ट्रिय राजमार्गमा अभियान सञ्चालन गर्दै संदिग्ध लरीलाई रोक्यो। लरीको जाँच गर्दा त्यसमा लगभग 32 वटा गाई फेला पऱ्यो। गाई तस्करी गरेको आरोपमा लरीमा सवार दुई जना मानिसहरूलाई प्रहरीले पक्राउ गरेको छ। उद्धार गरिएका गाईहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको छ।

नारायणगढ़ थाना पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande