बरपेटा जेलका बन्दीहरू तथा जेल अधिकारीहरूबीच भिड़न्त, तीन राउण्ड हवाई फायरिङ्ग
सांकेतिक छवि।


बारपेटा (असम), 02 अक्टोबर (हि.स.)। असमको बारपेटा जिल्ला जेलमा शुक्रवार बन्दी अनि जेल अधिकारीहरूमाझ झड़प भएपछि स्थिति तनाउपूर्ण भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि जेल अधिकारीहरूले स्थिति नियन्त्रण गर्न कथित रूपमा हावामा तीन राउन्ड गोली चलाए।

प्रारम्भिक जानकारी अनुसार यो विवाद सहायक जेलर किशोर हालोईको कथित व्यवहारको विरोधमा कैदीहरूले गरेको प्रदर्शन शुरु भएको हो। हेर्दा-हेर्दै विरोधले हिंसक रूप लियो। केही बन्दीहरूले कथित रूपमा हालोईमाथि कुटपिट गरे भने जेल परिसरभित्र अवस्थित दोस्रो सुरक्षा गेटलाई भत्काउने प्रयास गरे।

स्थिति बिग्रँदै गएपछि जेल अधिकारीहरूले कैदीहरूलाई भित्री गेट पार गर्नदेखि रोक्न अनि स्थितिलाई नियन्त्रण गर्नको लागि हावामा तीन राउण्ड गोली चलाए।

घटनाको जानकारी पाउनसाथ बरपेटा आयुक्त नवदीप पाठकले दलबल सहित जेल परिसरमा पुगेर परिस्थितिको जायजा लिए। जेलको वरिपरी सुरक्षा व्यवस्था कडा गरिएको छ। अधिकारीहरूले अवस्थाको समीक्षा गर्दै-गगर्दा बाहिरी गेटमा पनि मानिसहरूको प्रवेशमाथि रोक लगाइदिए।

झडपको वास्तविक कारण, यसमा संलग्न बन्दीहरूको सङ्ख्या, एवं घाइते भएको आधिकारिक पुष्टि भएको छैन। जिल्ला प्रशासन तथा जेल अधिकारीको पक्षबाट विस्तृत विवरणको प्रतिक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande