कोकराझारको गौराङ्ग नदीको किनारमा अवस्थित श्मशान घाटमा विद्युतीय शवदाह गृहको उद्घाटन
कोकराझारको गौराङ्ग नदीको किनारमा अवस्थित श्मशान घाटमा विद्युतीय शवदाह गृहको उद्घाटन


कोकराझार (असम), 02 अक्टोबर (हि.स.)। गान्धी जयन्ती एवं स्वच्छता दिवसको अवसरमा शुक्रवार कोक्राझारको गौराङ्ग नदीको किनारमा अवस्थित श्मशान घाटमा विद्युतीय शवदाह गृह, स्टाफ क्वार्टर एवं शोकसभा गृहको उद्घाटन गरियो।

कोकराझार श्मशान घाटमा नवनिर्मित विद्युतीय शवदाह गृहको औपचारिक उद्घाटन बोडोल्याण़्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- का कार्यकारी सदस्य मुनमुन ब्रह्माले गरे। यसै अवसरमा कोकराझार विधानसभा निर्वाचन क्षेत्रका विधायक शिउली मोहिलारी, काउन्सिलर धनेश्वर गायरी एवं काउन्सिलर जुबिराज बासुमतारीले संयुक्त रूपमा श्मशान घाटको स्टाफ क्वार्टर अनि शोकसभा गृहको पनि उद्घाटन गरे।

कार्यक्रममा कोकराझार नगरपालिकाका अध्यक्ष विष्णु नार्जारी, 'आचार' एनजीओका अध्यक्ष तथा सचिव सहित स्थानीय क्षेत्रका सयभन्दा बढ़ी मानिसहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा उपस्थित मानिसहरूले आधुनिक विद्युतीय शवदाह गृहलाई क्षेत्रको लागि महत्त्वपूर्ण नागरिक सुविधा बताए। कार्यक्रमको माध्यमबाट स्वच्छता, वातावरणीय संरक्षण एवं कुशल नागरिक सुविधाहरूप्रत सचेतनाको सन्देश पनि दिइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande