
गुवाहाटी, 2 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले असम प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी) का अध्यक्ष गौरव गोगोईलाई लक्षित गर्दै भने, चुनावी स्थितिमा राजनीतिक बहसको केन्द्र जेल होइन. जनतासित सम्बन्धित मुद्दाहरू हुनुपर्छ। मुख्यमन्त्रीले आज यहाँ एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै थिए।
गोगोईको बयानप्रति प्रतिमाथि दिँदै मुख्यमन्त्रीले भने, सड़क, विद्यालय, कलेज र सरकारका कल्याणकारी योजनाहरू जसमा अरूणोदय पनि सामेल छ,-माथि छलफल हुनुपर्छ।
डा.सरमाले भने, जब चुनाउ आउँछ, तब भोटको बारेमा सोच्नुपर्छ, जेलका बारेमा होइन।, उनले भने चुनाउको समयमा नेताहरूले सडक, विद्यालय, कलेज एवं अरुणोदयजस्ता विषयहरूम चर्चा गर्नुपर्छ।
मुख्यमन्त्रीले गौरव गोगोईसँगसँगै कङ्ग्रेस नेता राहुल गान्धीमाथि पनि कटाक्ष गर्दै आरोप लगाए, यी दुई नेताहरूले चुनाउ आउनसाथ जेलको बारेमा कुरा गर्न थाल्छन्। उनले भने, जेलमा रहेका बन्दीहरूले मतदान गर्दैनन्, सर्वसाधारणले गर्छन्।
डा सरमा र गोगोईबीचको यो राजनीतिक बयानबाजी नगाउँ लोकसभा उपचुनाउलाई लिएर चलिरहेको द्वन्द्वबीच आएको छ । यसै वर्ष 2026- को असम विधानसभा चुनाउ अवधि पनि यी दुई नेताहरूबीच शासन, कल्याणकारी योजनाहरू तथा विभिन्न राजनीतिक मुद्दाहरूलाई लिएर आरोप-प्रत्यारोप भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा