
पूर्व मेदिनीपुर, 02 अक्टोबर (हि.स.)। नन्दीग्राम विधानसभा क्षेत्रमा आगामी 6 अक्टोबरमा हुने उपचुनाउको लागि पूर्ण सुरक्षा व्यवस्था गरिएको छ। मतदानको लागि केन्द्रिय बलका 37 कम्पनीलाई तैनाथ गरिएको छ। यसबाहेक राज्य पुलिसका लगभग 600-700 जना जवानहरू विभिन्न क्षेत्रमा तैनाथ रहनेछन्। 79 वटा संवेदनशील बूथहरूमा विशेष सतर्कता अप्नाइनेछ।
पूर्व मेदिनीपुरका जिल्ला मेजिस्ट्रेट निरन्तर कुमार एवं प्रहरी अधीक्षक अंशुमन साहाले गए बिहीवार साँझ निमतोड़ीस्थित जिल्लाधिकारी कार्यालयमा आयोजित पत्रकार वार्तामा बताए, नन्दीग्राममा मोठ 2,66,419 मतदाताहरू छन् भने 323 वटा मतदान केन्द्रहरूमा मतदान हुनेछ। मतदान सामग्री तयार गर्ने काम पूरा गरिसकिएको छ। लगभग 80 प्रतिशत मतदाता पर्ची पनि वितरण गरिसकिएको छ।
सुरक्षाको लागि मतदान केन्द्रहरूमा केन्द्रिय बलका जवानहरू तैनाथ रहनेछन्। राज्य पुलिसका जवानहरू पनि विभिन्न क्षेत्रमा तैनाथ रहनेछन्। यसको साथै नाका जाँच, रुट मार्च एवं गस्ती पनि बढाइएको छ। द्रुत प्रतिक्रिया टोली, सेक्टर फोर्स तथा अन्य विशेष दलहरू पनि सक्रिय रहनेछन्।
जिल्लाधिकारीले बताए, चुनाउ आचार संहिता उल्लङ्घनसित सम्बन्धित 102 वटा सिकायत प्राप्त भएको थियो। सबै सिकायतहरूलाई सुल्प्रझाइसकिएको छ।अहिलेसम्म 97 लाख रुपियाँ नगद र 5,893 लीटर अवैध मदिरा जफत गरिसकिएको छ।
पुलिस अधीक्षकले बताए, गत दुई महिनाभित्रमा 300 भन्दा बढी अजमानती पक्राउ वारेन्टलाई कार्यान्वयन गरिएको छ। नन्दीग्राम बाहेक जिल्लाका विभिन्न क्षेत्रमा पनि विशेष अभियान सञ्चालन गरिँदैछ। विपक्षी दलहरूले प्रचार अभियानमा बाधा पुऱ्याएको आरोपलाई लिएर उनले भने, यस सम्बन्धमा कुनै विशेष उजुरी प्राप्त भएको छैन। कतै कुनै घटना भए कानून अनुसार मामिला दर्ता गर्ने अनि पक्राउ तथा अन्य कारबाही गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा