


सरन, 02 अक्टोबर (हि.स.)। जिल्लामा बाढ़़ीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले युद्धस्तरमा राहत तथा उद्धार कार्य गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई गति दिन एनडीआरएफका अतिरिक्त 10 वटा मोटरबोटलाई तैनाथ गरिएको छ। यी डुङ्गाहरू मार्फत जलजमाउमा फसेका गाउँलेहरूलाई प्राथमिकताको आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गरिँदैछ।
प्रशासनले बाढ़ी पीड़ितहरूलाई सहयोग गर्नको लागि खाद्यान्नको व्यवस्था गरिरहेको छ। सोही क्रममा गए अबेर राती 12:00 बजे जिल्लाधिकारी वैभव श्रीवास्तव, वरिष्ठ पुलिस अधीक्षक रोशन कुमारले छपरास्थित खेल भवनको आकस्मिक निरीक्षण गरे। उनीहरूले त्यहाँ तयार गरिरहेको सुक्खा राशनका प्याकेटहरूको प्याकिङ अनि गुणस्तरको जायजा लिँदै राहत वितरणलाई पारदर्शी तथा द्रूत बनाउने कड़ा निर्देश अधिकारीहरूलाई दिए।
पानापुर ब्लकमा बाढीको पानीमा डुबेर चकिया गाउँका अनिल कुमार र फाजुली गाउँका सत्यम कुमारको मृत्यु भएको छ। आपदा प्रबन्धन प्रावधान अन्तर्गत द्रुत रूपमा कार्य गर्दै मृतक परिवारलाई 4-4 लाख रुपियाँको अनुग्रह राशिको चेक प्रदान गरियो। यो चेक महाराजगञ्जका सांसद जनार्दन सिंह सिग्रीवाल, तरैयाका विधायक जनक सिंह, सारण जिल्ला मेजिस्ट्रेट र वरिष्ठ पुलिस अधीक्षकको उपस्थितिमा हस्तान्तरण गरियो।
जिल्ला प्रशासनले सर्वसाधारणलाई सतर्क रहने अनि उर्लिदो पानीमा जानदेखि बच्ने अपिल गरेको छ। अधिकारीहरूले भने, पानीमा फसेका मानिसहरूको सूचना तुरुन्तै स्थानीय प्रशासनलाई दिइयोस् ताकि उद्धार टोली समयमै मद्दत गर्न पुग्न सकोस्। प्रभावित क्षेत्रमा खाना, पिउने पानी, औषधि एवं चिकित्सा सुविधाहरू निर्बाध रूपमा उपलब्ध गराइइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा