एसएसबी तथा बथनाहा पुलिसको संयुक्त कारबाहीमा गाँजा सहित तीन जना तस्कर पक्राउ
अररिया फोटो:गिरफ्तार तस्कर और एसएसबी


अरारिया, 02 अक्टोबर (हि.स.)। एसएसबी 56 औँ बटालियन चथा बथनाहा पुलिसको संयुक्त टोलीले भारत-नेपाल सीमा क्षेत्रमा ठूलो अभियान चलाएर 6 किलो गाँजा अनि अन्य सामग्रीहरू सहित तीन जना तस्करहरूलाई पक्राउ गऱ्यो।

एसएसबी मुख्यालयबाट प्राप्त अनुसार नेपालबाट दुई वटा मोटरसाइकलमा आएका केही व्यक्तिहरू गाँजा लिएर भारतीय सीमामा प्रवेश गर्न लागेको गोप्य जानकारी प्राप्त भएको थियो।

सूचनाको पुष्टि भएपछि एसएसबी आई सन्यासी फुलकाहा, आउटर बोर्डर आउटपोस्ट पाथरदेव तथा बथनाहा पुलिसको संयुक्त टोली गठन गरियो। संयुक्त टोलीले सीमा स्तम्भ नम्बर- 184 देखि लगभग 5 किलोमीटर भारत तर्फ, बथनाह बजारको छेउमा नाकाबन्दी गरी जाँच शुरू गऱ्यो। यसै अवधि दुई वटा मोटरसाइकलमा आएका तीन जना सन्दिग्ध व्यक्तिहरूलाई रोक्दा गस्ती दललाई देखेर तिनीहरूले भाग्ने प्रयास गर्न थाले जसलाई तत्परताले पछ्याउँदै घटनास्थलबाटै समातियो।

पक्रा परेका व्यक्तिहरूको जाँच गर्दा छ किलोग्राम गाँजा, तीन वटा मोबाइल, दुई वटा मोटरसाइकल सहित 27 हजार 5 सय रुपियाँ भारतीय मुद्रा अनि 405 नेपाली मुद्रा भेटियो जसलाई जफत गरियो।

यस मामिलामा समस्तीपुर जिल्लाको खानपुर थाना अन्तर्गत नाथुद्वारका 32 वर्षीय लक्ष्मण दास, पिता स्वर्गीय राम बदन दास, 29 वर्षीय चन्दन कुमार महतो, पिता अरुण महतो तथा फुलकाहा थाना क्षेत्रको भङ्गही निवासी 28 वर्षीय गुल मोहम्मद, पिता हबिजलाई पक्राउ गरियो।

प्रारम्भिक जाँचबुझमा पक्राउ परेका तस्करहरूले लागू औषध तस्करीमा आफूहरू वाहकको रूपमा काम गरिरहेको कुरालाई स्वीकार गरे। उनीहरू यस खेपलाई सुनसरीरीको साहेबगञ्जदेखि सुपौलमा ल्याएर कुनै अज्ञात व्यक्तिलाई हस्तान्तरण गर्न गइरहेका थिए।

जफत गरिएको गाँजा, सवारी साधन र अन्य सामग्री सहित पक्राउ परेका तीनै अभियुक्तलाई थप कानुनी कारबाहीका लागि बथनाहा पुलिस थानामा हस्तान्तरण गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande