
कोलकाता, 20 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार चोरबगान त्रासदीमा ज्यान गुमाउनेहरूको शोकाकुल परिवारहरूलाई व्यक्तिगत रूपमा भेट गर्नेछन्। यस अवधि उनी सोझै मृतकहरूको घरमा जानेछन् अनि उनीहरूका परिवारहरूलाई आर्थिक सहायताको रूपमा 25-25 लाखको चेक हस्तान्तरण गर्नेछन्। सरकारको यो पहलको उद्देश्य कठिन समयमा पीडित परिवारहरूलाई सहयोग प्रदान गर्नु हो।
अर्कातिर प्रशासनले यस दुःखदायी दुर्घटनाको तहसम्म पुग्न आफ्नो अनुसन्धानलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ। पुलिसले मुख्यतया दुर्घटनाको दिन पण्डालको एक भाग झरेको गलत अफवाह कसले र कसको निर्देशमा फैलाएको थियो, त्यसको अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा आशङ्का व्यक्त गरिएको छ कि यसै अफवाहको घोषणापछि घटनास्थलमा ठूलो भागदौड़ भएको थियो जसको चपेटेममा परी धेरै जना निर्दोष मानिसहरूले ज्यान गुमाएका छन्। पुलिसले यस षड्यन्त्रमा उपद्रवीहरूको पहिचान गर्न सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरूको बयानको गहन जाँच गरिरहेको छ ताकि दोषीहरूविरुद्ध कडा कानुनी कारबाही गर्न सकियोस्।
--------
/ बिशाल