
भागलपुर, 20 अक्टोबर (हि.स.)। शहरमा शारदीय नवरात्रको शुभ अवसरमा यसपालि पूजा पण्डाहरूमा अद्भुत कलात्मकता र विविध विषयवस्तुहरू देख्न पाइएको छ। माँ दुर्गाको दर्शन गर्न भेला भएका भक्तहरूलाई स्वागत गर्न मुख्य पूजा समितिहरू पूर्ण रूपमा तयार छन्।
सुरक्षा व्यवस्था कायम राख्न यी प्रमुख तथा संवेदनशील पण्डालहरूमा पुलिस बलहरू तैनाथ छन्। मारवाडी पाठशाला ओडिशाको प्रसिद्ध भगवान जगन्नाथ पुरी मन्दिर जस्तै बनाइएको 110 फुट अग्लो भव्य र दिव्य पण्डाल हो जुन भक्तहरूको मुख्य आकर्षण हो। छोटी खञ्जरपुर (एसएम कलेज रोड)- मा परम्परागत रूपमा भिन्न य 'भूतिया संसार र यमलोक'को थीममा डरलाग्दो र रोमाञ्चक पण्डाल तयार गरिएको छ।
भक्तहरू राक्षसको विशाल आकारको मुख भएर माँ दुर्गाको दर्शन गर्न पुगिरहेका छन्। कचहरी चोक (सत्कार क्लब)- मा, पटना जङ्क्नशको विश्व प्रसिद्ध महावीर हनुमान मन्दिरको ढाँचामा धेरै आकर्षक र भव्य पूजा पण्डाल निर्माण गरिएको छ जसको विद्युतीय सजावट शानदार छ। आवास बोर्ड कलोनी र बडी खञ्जरपुर, यी स्थानहरू मनमोहक श्री कृष्ण थीम, इस्कन मन्दिर र भव्य धार्मिक वास्तुकलाको झाँकीसितै माता रानीको भव्य दरबारलाई सजाइएको छ।
यी विशेष पूजा पण्डालहरूमा दर्शनको लागि महासप्तमीदेखि नै भक्तहरूको लामो पङ्क्ति देखिँदै आएको छ। यी सबै भीड़भाड़ भएका क्षेत्रहरूमा सुरक्षा एवं सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले भागलपुर पुलिसका अधिकारीहरूले सीसीटीभी क्यामरा र ड्रोन मार्फत निरन्तर निगरानी गरिरहेका छन्।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा