मुख्यमन्त्री सरमाले आरएसएसको स्थापना दिवसमा स्वयंसेवकहरूलाई दिए शुभकमना
मुख्यमंत्री डॉ हिमंत बिस्व सरमा द्वारा साझा तस्वीर।


गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमनत विश्व सरमाले मङ्गलवार राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)- को स्थापना दिवसको अवसरमा सबै स्वयंसेवकहरूलाई हार्दिक शुभकामना दिए। उनले राष्ट्रिय सेवा, अनुशासन एवं समर्पणको आदर्शलाई जनतामा पुऱ्याउन सङ्घको भूमिका रहेको उल्लेख गरे।

सामाजिक सञ्जालमा जारी आफ्नो सन्देशमा मुख्यमन्त्रीले भने, राष्ट्रिय स्वयंसेवक सङ्घले राष्ट्रसेवा, अनुशासन एवं समर्पणको आदर्शलाई जनतामा पुऱ्याउन अनौठो र दीर्घकालीन भूमिका निभाएको छ।

उनले राष्ट्रप्रति निस्वाःर्थ सेवा र समर्पणको पवित्र सङ्कल्पलाई गम्भीरतापूर्वक स्मरण गर्दै सङ्घका सबै स्वयंसेवकहरूलाई हार्दिक शुभकाना दिए।

राष्ट्रिय स्वयंसेवक सङ्घको स्थापना सन् 1925- मा भएको थियो। यस संस्थाले हरेक वर्ष विजयादशमीको अवसरमा आफ्नो स्थापना दिवस मनाउँछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande