जम्मू-कश्मीरका उच्च भागहरूमा 24 अक्टोबरमा हल्का वर्षा एवं हिमपात हुने सम्भावना
जम्मू-कश्मीरका उच्च भागहरूमा 24 अक्टोबरमा हल्का वर्षा एवं हिमपात हुने सम्भावना


श्रीनगर, 20 अक्टोबर (हि.स.)। श्रीनगर मौसम विज्ञान केन्द्र अनुसार जम्मू-कश्मीरमा अक्टोबर 23 सम्म सामान्यतया शुष्क मौसम रहने तथा अक्टोबर 24- मा उच्च भागहरूमा हल्का वर्षा एवं हिमपात हुने सम्भावना छ।

नयाँ पूर्वानुमान अनुसार 20 देखि 23 अक्टोबरसम्म मौसम सामान्यतया सुक्खा रहने सम्भावना छ, यद्यपि अक्टोबर 23 को दिउँसोपछि मौसममा परिवर्तन हुन सक्छ। मौसम विज्ञान केन्द्रले 24 अक्टोबरमा आकाशमा सामान्यतया बादल र अधिकांश ठाउँहरूमा हल्का वर्षा एवं उचाईँमा हल्का हिमपात हुने पूर्वानुमान गरेको छ। 23 अक्टोबरको रातीदेखि 24 अक्टोबरको बिहानसम्म केही ठाउँहरूमा वर्षा एवं तीव्र हावा सहित आँधीबेहरी आउने सम्भावना छ। 26 अक्टोबरदेखि मौसम फेरि सामान्यतया सुक्खा हुने छ भने यस्तो अवस्था 31 अक्टोबरसम्म कायम रहने सम्भावना छ।

यसबीच मौसम विज्ञान केन्द्रले किसानहरूलाई यस अवधिमा फसल काट्ने र अन्य कृषि गतिविधिहरू जारी राख्ने सल्लाह दिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande