
गुवाहाटी, 20 अक्टोबर (हि.स.)। असम सरकारले अतिक्रमण विरोधी कारबाहीलाई निरन्तरता दिँदै विगत दुई दिनभित्मार गोलाघाट, होजाई र नगाउँ जिल्लामा 638 हेक्टर जमीनलाई अतिक्रमण मुक्त गरेको छ। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले मङ्गलवार सामाजिक सञ्जाल मार्फत सो जानकारी दिए।
मुख्यमन्त्रीले बताए, राज्यका तीनै जिल्लामा बेदखली अभियान अझै जारी छ। बितेका दुई दिनको अवधिमा सञ्चालित अभियानहरूमा 1,116 परिवारहरूले ओगटेको जग्गालाई अतिक्रमणमुक्त बनाइएको छ।
मुख्यमन्त्रीले स्पष्ट पारे, अतिक्रमणविरुद्ध राज्य सरकारको कारबाही जारी रहनेछ। असमको भूमि र राज्यको हित रक्षामा कुनै पनि सम्झौता गरिने छैन।
उनले भने, असमको भूमिलाई राज्यका मानिसहरूतो हित रक्षाको लगि सुरक्षित राख्ने सरकारको सङ्कल्प अडिक छ। अतिक्रमित भूमिलाई मुक्त गराउनको लागि सरकारले आफ्नो कारबाहीलाई जारी राख्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा