विजयादशमीको अवसरमा 21 अक्टोबरमा कोकराझार जिल्लामा ड्राई डे घोषित
विजयादशमी के अवसर पर 21 अक्टूबर को कोकराझार जिले में ड्राई डे घोषित


कोकराझार (असम), 20 अक्टोबर (हि.स.)। विजयादशमीको अवसरमा जिल्लामा शान्ति, कानून व्यवस्था एवं सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न कोकराझार जिल्ला प्रशासनले 21 अक्टोबर, 2026- लाई ड्राई डे घोषणा गरेको छ।

कोकराझार जिल्ला आयुक्त तथा जिल्ला मेजिस्ट्रेट पङ्कज चक्रवर्तीले जारी गरेको आदेश अनुसार जिल्लाका सबै आईएमएफएल थोक गोदाम, खुद्रा मदिरा पसल, 'अन' र 'अफ' लाइसेन्स पत्र प्राप्त प्रतिष्ठान, क्लब एवं देशी मदिरा पसलहरू उक्त दिन बन्द रहनेछन्।

यो आदेश असम एक्साइज एक्ट, 2000 को धारा 52 (1) अन्तर्गत जारी गरिएको हो। आदेश उल्लङ्घन गर्ने लाइसेन्सधारीविरुद्ध सम्बन्धित कानुन तथा नियम अनुसार कडा कारबाही गरिने जिल्ला प्रशासनले स्पष्ट पारेको छ। प्रशासनले सबै सम्बन्धित प्रतिष्ठानलाई निर्देश पालनालाई सुनिश्चित गर्न आग्रह गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande