जिल्लाभरि गहन वाहन जाँच अभियान सञ्चालित
वाहन जांच करती पुलिस


भागलपुर, 20 अक्टोबर (हि.स.)। जिल्लामा अपराध रोक्न, कानुन र व्यवस्थालाई सुदृढ पार्न तथा जिल्लामा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न वरिष्ठ पुलिस अधीक्षकको कडा निर्देशन अनुसार भागलपुर जिल्लाका सबै थान क्षेत्रमा एकैसाथ गहन वाहन जाँच अभियान सञ्चालन गरियो। यस विशेष अपरेशनको एक भागको रूपमा पुलिस पूर्ण सतर्क मोडमा रहेको देखिन्छ।

अभियानको क्रममा पुलिस पदाधिकारी एवं पुलिस बलद्वारा नियमित गस्ती गरियो। यस अवधिमा शहरदेखि ग्रामीण क्षेत्रसम्मका विभिन्न प्रमुख चौरस्ताहरू तथा संवेदनशील स्थानहरूमा विशेष अवरोध बनाएर सवारी साधनहरूको कडा जाँच गरियो। अनुसन्धान प्रक्रियामा पुलिसको टीमले आउने-जाने सन्दिग्ध व्यक्ति एवं सवारी साधनहरूलाई रोकेर राम्ररी खोजी गऱ्यो। यसका साथै ड्राइभरको ड्राइभिङ लाइसेन्स, दर्ता कार्ड, बीमा तथा प्रदूषण प्रमाणपत्र जस्ता आवश्यक कागज पत्रहरूको घटनास्थलमै सत्यापन गरियो।

यस अभियानको क्रममा ट्राफिक नियम बेवास्ता गर्ने चालकहरूविरुद्ध पुलिसले कडा कदम चालेको छ। हेलमेट बिना गाडी चलाउने, ट्रिपल लोडिङ्ग, ओभरस्पिडिङ्ग तथा वैध कागज पत्रहरू बिनै गाडी चलाउनेहरूलाई नियम अनुसार मुद्दा चलाइयो अनि उनीहरूबाट जरीमाना पनि लिइयो। सर्वसाधारणको सुरक्षाको लागि यस्तो जाँच अभियान जारी रहने पुलिस प्रशासनको भनाइ छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande