जम्मूको कानाचकमा नशाको  विरोधमा पुलिसको ठूलो कारबाही
जम्मूको कानाचकमा नशाको  विरोधमा पुलिसको ठूलो कारबाही


जम्मू, 20 अक्टोबर (हि.स.)। जम्मू ग्रामीण पुलिसले नशा विरोधी अभियानलाई तीव्रता दिंदै कनाचक थाना क अन्तर्गत चडगली क्षेत्रबाट तीन जना मानिसहरूलाई पक्राउ गरेको छ। पुलिस अनुसार अभियुक्तहरूको कब्जाबाट 10.71 ग्राम सन्दिग्ध हेरोइन जस्तो पदार्थ बरामद गरिएको छ।

गत अक्टोबर 18 र 19 को मध्यरातमा कृपालपुर थाना अन्तर्गत चडगली क्षेत्रमा उक्त कारबाही गरिएको थियो। पक्रा पर्ने अभियुक्तहरूको पहिचान रणजितपुर क्याम्प गोल गुजराल निवासी सब्बीर हुसेन उपनाम ह्याप्पी, अजित कलोनी, क्याम्प गोल गुजराल निवासी गगनदीप सिंह तथा अजित कलोनी क्याम्प गोल गुजराल, पौनी चक निवासी मनीष सिंहका रूपमा भएको छ।

यस सम्बन्धमा पुलिसले थाना कानाचकमा एफआईआर नम्बर 183/2026 अन्तर्गत एनडीपीएस अधिनियमको धारा 25/29 अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

सन्दिग्ध लागू औषधि कहाँबाट ल्याइएको थियो र कसलाई आपूर्ति गर्नु थियो, पत्ता लगाउने प्रयास पुलिसले गरिरहेको छ। अभियुक्तको अन्य लागू औषधि तस्करसँगको सम्भावित सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ।

जम्मू ग्रामीण पुलिसले लागू औषध तस्करी एवं अवैध आपूर्तिमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही जारी रहने बताएको छ।

--------

/ बिशाल


 rajesh pande