
कोलकाता 20 अक्टोबर (हि.स.) । मङ्गलबार बिहान कोलकाताको बाघाजातिन बजारमा भएको भीषण आगलागीमा करिब 48 वटा पसलहरू जलेका छन्। आगो निभाउन 15 वटा फायर ब्रिगेड घटनास्थलमा पुगेका थिए। बिहान 8 बजीसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थिएन। यस घटनामा पसल मालिकहरूले ठुलो नोक्सान व्यहोरेका छन्।
प्राप्त जानकारी अनुसार मङ्गलबार बिहान 3ः30 बजेतिर बाघा जातिनको पुरानो र ठुलो बजारमा आगलागी भएको बताइएको छ। सूचना पाएपछि अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगे र आगो निभाउने प्रयास सुरु गरे। तर त्यतिन्जेलसम्म धेरै पसलहरू आगोको चपेटमा परेका थिए। पछि फायर ब्रिगेडको सङ्ख्या बढाएर 15 बनाइएको थियो। आगो बतासेको पसलमा सुरु भयो र चाँडै नजिकैका अन्य पसलहरूमा फैलियो। जलेका अधिकांश पसलहरू दशकर्मा र पूजा सामग्रीका पसलहरू रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार आगलागीमा पसलमा राखिएको सामान पूर्ण रूपमा जलेका छन्। एकजना दोकानदारले बताए अनुसार दुर्गा पूजापछि लक्ष्मी पूजाका लागि आफ्नो पसलमा लक्ष्मीको मूर्ति र अन्य पूजाका सामान राखेको र आगोमा ती सबै जलेर नष्ट भयो।
स्थानीय र केही पसल मालिकहरूले फायर ब्रिगेड ढिलो आइपुगेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सुरुमा एउटा मात्र आएको र पछि बिस्तारै सङ्ख्या बढाइयो। त्यतिन्जेलसम्म आगो फैलिएको थियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा