
गान्तोक, 20 अक्टोबर (हि.स.)। सिक्किम विधानसभा (एसएलए) की उपाध्यक्ष तथा राङगाङ-याङगाङ निर्वाचन क्षेत्रकी विधायक राजकुमारी थापाले बडादशैंको पावन अवसरमा सिक्किमवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
आफ्नो शुभकामना सन्देशमा थापाले माता दुर्गाको दिव्य आशीर्वादले प्रत्येक घरपरिवारमा शान्ति, सुख, समृद्धि, सुस्वास्थ्य र सद्भाव कायम रहोस् भन्ने कामना गरेकी छन्।
उनले यस पवित्र पर्वले प्रेम, एकता र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सबैको जीवनमा आशा, सकारात्मकता र नयाँ सुरुवातको सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेकी छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल