
कोलकाता, 20 अक्टोबर (हि.स.)। पश्चिम बङ्गालमा मङ्गलवार मौसम मुख्यतया सफा र घमाइलो रहने अनुमान गरिएको छ। राज्यमा वर्षा हुने सम्भावना छैन। दिउँसो चर्को घामले गर्दा गर्मी महसूस गर्न सकिन्छ भने राती मौसम रमाइलो रहने आशा छ।
मौसम पूर्वानुमान अनुसार राज्यमा अधिकतम तापक्रम 32 देखि 33 डिग्री सेल्सियस लगभग तथा न्यूनतम तापक्रम 22 देखि 25 डिग्री सेल्सियसबीचमा रहने सम्भावना छ। आद्रताको स्तर 61 देखि 74 प्रतिशत लगभग रहनसक्छ। उत्तर दिशाबाट हावाको गति पाँचदेखि सात माइल प्रतिघण्टा हुने पूर्वानुमान गरिएको छ।
कोलकाता, हावडा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व तथा पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद अनि नादिया सहित दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा मौसम मुख्यतया सुख्खा र सफा रहने सम्भावना छ।
यता उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर र दक्षिण दिनाजपुर जिल्लाहरूमा पनि स्थानीय अवस्था अनुसार मौसमको अवस्था भिन्न रहन सक्छ।
दिउँसो, पराबैंगनी सूचकाङ्क (यूभी इण्डेक्स) लगभग सात रहनसक्छ। यस्तो अवस्थामा घाममा बाहिर जाने मानिसहरूलाई सावधान रहन सल्लाह दिइन्छ। रातमा आकाश सफा रहनेछ भने मौसम सुखद रहने अनुमान गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा