पञ्जाब: झोटा हत्याकाण्डको अनुसन्धान सीबीआईलाई सुम्पिने निर्णय
पंजाब के मुख्यमंत्री भगवंत सिंह मान ने एक्स पर डाली पोस्ट की फोटो


चण्डीगढ, २० अक्टोबर (हि.स.)। पञ्जाबका मुख्यमन्त्री भगवन्त सिंह मानले केन्द्रिय गृहमन्त्री अमित शाह पञ्जाब पुग्नुअघि परमिन्दर सिंह झोटा हत्याकाण्डको अनुसन्धान केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई) लाई सुम्पिने निर्णय गरेका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यसबारे जानकारी दिएका हुन्।

मुख्यमन्त्री मानले लागुऔषधविरुद्धको अभियानमा सक्रिय रहेका परमिन्दर सिंह झोटाका पिता तथा परिवारसँग राज्य सरकार सधैँ दृढतापूर्वक उभिने बताएका छन्।

उनले आफ्नो सामाजिक सञ्जालको सन्देशमा परिवारको माग स्वीकार गर्दै उक्त मामिला सीबीआईलाई सुम्पिने निर्णय गरिएको उल्लेख गरेका छन्।

लागुऔषध तस्करहरूविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री मानले पञ्जाबलाई लागुऔषधमुक्त बनाउन राज्य सरकारले कुनै पनि कडा कदम चाल्न पछि नहट्ने बताएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande