बाइक पार्किङको विषयमा दुई समूहबीच झड़प, चक्कु र काँचका बोतलले आक्रमण गर्दा तीन जना घाइते
बाइक खड़ी करने पर भिड़े दो गुट: चाकूबाजी और बोतलों से हमले में तीन घायल


जयपुर, २० अक्टोबर (हि.स.)। जयपुरको सिन्धी क्याम्प थाना क्षेत्रअन्तर्गत सोमवार राति बाइक पार्किङ गर्ने विषयलाई लिएर दुई समूहबीच विवाद भएको छ। भनावैरीपछि विवाद बढ्दै जाँदा दुवै पक्षबीच चक्कु र काँचका बोतलले एकअर्कामाथि आक्रमण भयो। घटनामा तीन जना घाइते भएका छन्।

पुलिसले घाइतेहरूलाई उपचारका लागि सवाई मानसिंह अस्पताल पठाएको छ। घटनाको सम्बन्धमा दुई जना संदिग्धलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ भने अन्य तीन जना संदिग्धको खोजीमा पुलिसले सम्भावित स्थानहरूमा छापा मारिरहेको छ।

थानाधिकारी वन्दना नरुला अनुसार, सोमवार राति सिन्धी क्याम्प बस स्ट्यान्डको निकासद्वारमा बाइक पार्किङ गर्ने विषयलाई लिएर दुई समूह आमनेसामने भएका थिए। शुरुमा दुवै पक्षबीच भनावैरी भएको थियो। तर, केही समयमै विवादले उग्र रूप लियो। त्यसपछि दुवै समूहले एकअर्कामाथि चक्कु र काँचका बोतलले आक्रमण गरे। घटनामा तीन जना घाइते भए।

झड़पको सूचना पाएपछि सिन्धी क्याम्प थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले घाइतेहरूलाई तत्काल एसएमएस अस्पताल पुर्यायो। घटनास्थल वरपर रहेका मानिसहरूसँग सोधपुछ तथा प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले दुई जना संदिग्धलाई हिरासतमा लिएको छ।

घटनामा संलग्न रहेको आशङ्का गरिएका अन्य तीन जनाको पनि पहिचान भएको छ। उनीहरूलाई पक्राउ गर्न पुलिसले सम्भावित स्थानहरूमा छापा मारिरहेको छ।

पुलिसले झड़प हुनुको कारण तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande