
जयपुर, 20 अक्टोबर (हि.स.)। राजस्थानमा अक्टोबरको अन्तिम दिनमा मौसमले फेरि एक पटक मोड़ लिएको छ। अरब सागरबाट आइरहेको आद्रताको कारण राज्यका केही भागहहरूमा बेमौसमी वर्षा भइरहेको छ। दक्षिण-पूर्वी राजस्थानका जिल्लाहरूमा सोमवार लगातार तेस्रो दिन हल्का वर्षा भयो। मौसम विभागले मङ्गलवार पनि राज्यका सात वटा जिल्लाहरूमा भारी वर्षा हुने चेताउनी जारी गरेको छ। निरन्तर परिवर्तन भइरहेको मौसमको प्रभाव तापक्रममा पनि देखिन थालेको छ फलस्वरूप अधिकांश क्षेत्रहरूमा बिहान र साँझ चिसो बढेको छ।
सवाई माधोपुर जिल्लामा निरन्तर वर्षाका कारण नदी र खोलाहरूमा जलस्तर बढ़ेको छ। खण्डार क्षेत्रमा बर्खे नदी तथा नालीहरूमा पानीको बहावले मनसुन जस्तै अवस्था सिर्जना गरिदिएको छ। सवाई माधोपुर बाहेक राजसमन्द, सिरोही, पाली र टोङ्कका केही क्षेत्रहरूमा पनि बादलको आवागमन कायम छ। वर्षा अनि बादलको कारणले यी क्षेत्रहरूमा दिन र रातको तापक्रममा ह्राससँगै अनुभव भइरहेको छ।
मौसम विशेषज्ञहरू अनुसार अरब सागरबाट निरन्तर बगिरहेको हावासितै राज्यमा नमी पनि आइरहेको छ। यसले गर्दा धेरै वटा क्षेत्रहरूमा वर्षा र गर्जनका गतिविधिहरू भइरहेका छन्। केही क्षेत्रहरूमा वर्षा र गर्जनसितै वर्षाको पूर्वानुमान गरिएको छ। कतिपय स्थानहरूमा अससिना पानी पर्ने सम्भावना पनि छ। मौसमको ढाँचा अहिलेको लागि जारी रहने अपेक्षा गरिएको छ।
राज्यका दक्षिण-पूर्वी भागहरूमा वर्षा र चिसोबीच पश्चिमी राजस्थानका केही जिल्लाहरूमा तापक्रम बढेको छ। बाड़मेर, पिलानी, हनुमानगढ, जैसलमेर एवं चुरूमा सोमवार अधिकतम तापमान एकदेखि दुई डिग्री सेल्सियस बढेको रेकर्ड गरिएको छ। बाड़मेरले 38.9 डिग्री सेल्सियस अधिकतम तापमानसितै राज्यको सबैभन्दा गरम क्षेत्र रह्यो।
मौसम विज्ञहरू अनुसार आगामी 24 अक्टोबरदेखि ताजा पश्चिमी विक्षोभ सक्रिय हुने सम्भावना छ। यसको प्रभावमा बिकानेर डिभीजनका केही क्षेत्रमा मौसम परिवर्तन हुन सक्छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा